प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा



हाम्रो इकोनोमि

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगबाट प्राप्त सुझावका आधारमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा गर्ने गरी दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ ।

यसअघि सरकारले दुबै निर्वाचन एकैपटक गर्ने निर्णय गर्दै आगामी मंसिर १० गतेका लागि मिति तोकेको थियो ।

बैठकको निर्णयबारे जानकारी दिँदै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले भन्नुभयो, “कहाँ–कहाँ कहिले गर्ने भन्ने बारे अहिले छुट्याएर निर्णण गरिएको छैन, निर्वाचन क्षेत्र, सीमा निर्धारण आयोगले प्रतिवेदन बुझाइसकेको अवस्था छैन, तर आयोगले नै दुई चरणमा गर्नुपर्ने कुरा उठाएको हुँदा दोस्रो चरणको निर्वाचन मंसिर २१ गते गर्ने निणर्य गरिएको छ ।”

प्रदेश प्रमुख र प्रदेशको राजधानी भने राजनीतिक सहमतिका आधारमा छलफल गरेर पछि टुङ्गो लगाउने मन्त्री बस्नेतले बताउनुभयो ।

“ बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन गर्ने निर्णयसमेत गरेको छ, जुन संवैधानिक परिषद्बाट सिफारिस गरिनेछ”–सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो ।

एशियाली विकास बैंकबाट भन्सार क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि प्राप्त रु १५ अर्ब ४८ करोडको बजेट ९विशेष गरी प्रसारण र वितरणको क्षेत्रमा खर्च गर्न० ऋण अनुदान सहायतालाई स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

केही प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी खारेज गरी प्रहरी नायब महानिरीक्षकको दरबन्दी सिर्जना गर्नेबारे मन्त्रिपरिषद्मा छफलल भएको पनि मन्त्री बस्नेतले बताउनुभयो ।

यसैगरी बैठकले नेपाली सेनाका सहायक रथी राजेन्द्र कार्कीलाई उपरथी पदमा पदोन्नति गर्ने निर्णय भएको छ ।

त्यस्तै भूमिसुधार सचिव कृष्णराज देवकोटालाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । भूमिसुधार मन्त्रालयमा शम्भु कोइराला, खानेपानी तथा सरसफाइ मन्त्रालयमा कृष्णराज जिसीलाई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा महेश्वर न्यौपानेलाई लैजाने निर्णय भएको छ ।

बैठकले अनुसन्धान निर्देशक पदमा हुतराज थापालगायत तीन जनालाई बढुवा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...