देउवा मोदीको प्रिय बनेपछी एमालेको मन यसरी पोलियो,संबिधान संसोधन गर्न सबै राजी,कसले मार्ने भो बाजी



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधनका विषयमा दिल्लीस्थित हैदराबाद हाउसमा दिएको अभिव्यक्तिबारेको चर्चा मथ्थर नहुदै त्यसैको अर्को नयाँ तथ्यको खुलासा भएको छ ।

उच्च स्रोतकाअनुसार देउवाले हिन्दू राष्ट्रको एजेण्डाका लागि संशोधनको प्रक्रियालाई अगाडि बढाउने भनेका हुन् । र उता बाट पनि राजपाले भनेको जस्तो नभई हिन्दु राज्य कायम गराउन संबिधान संसोधन गर्न निर्देशन भएको हो। भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आकस्मिक वान टु वान वार्तामा हिन्दू राष्ट्र बनाउने विषयमा सहमति भएको र भोलिपल्ट हैदरावाद हाउसमा दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा देउवाले हिन्दू राष्ट्रका लागि फेरि संशोधनको प्रयास गर्ने भनेर मोदीसमक्ष जानकारी गराएका हुन् ।

तर, नेपालमा मधेसको मुद्दा सम्बोधन गर्न ल्याइएको संशोधन विधेयक संसदबाट अस्वीकृत हुँदा विदेशी भुमीमा गएर फेरि संशोधन गर्छु भन्नु आपत्तिजनक रहेको भन्दै एमालेलगायत शक्तिबाट आलोचना भएपछि दिल्लीबाट खास खुलासा भएको हो । र हिन्दु राज्य कायम गराउनका लागी हुने संसोधनमा सबै दल राजी भएको रिपोर्ट भारतीय दुताबासले मोदीलाई दिएको पनि श्रोतले बतायो।

संशोधन विधेयक फेल भएसँगै मधेसीको मुद्दा समाप्त भइसकेको र आगामी प्रतिनिधिसभा चुनावअघि त्यो मुद्दा पुनः ब्युतिने र त्यही मुद्दामा अब संशोधन विधेयक आउन सक्ने सम्भावना छैन् । त्यसैपनि विश्वको इतिहासमा एकपटक संसदबाट कुनै एजेण्डा फेल भयो भने फेरि अर्काे चोटी दर्ता भएको पाइँदैन् । त्यकारण पनि प्रम देउवाको दिल्लीको अभिव्यक्ति हिन्दू राष्ट्रका लागि भएको स्रोतको भनाई छ । हिन्दु राज्य कायम गराउन प्राय जसो दलहरु तयार छन। तर एमालेले भने देउवाले चुथ्तो काम गरेको भन्दै बिरोध भईरहेको छ। हुन त एमाले पनि हिन्दु राज्यकै पक्षमा छ तर देउवाले यो सबै काम गरेर जस लिन खोजेको बुझे पछी उ आक्रामक बनेको श्रोतको भनाई छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...