निर्वाचनमा तालमेल गरेर जानु हुँदैन : डा कोइराला



नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर निर्वाचन लड्न नहुने बताउनुभएको छ । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गर्नुभएको बताउनुभयो ।
संगठन बलियो बनाएर एक्लै निर्वाचन जित्ने तयारीमा काँग्रेस लाग्नुपर्नेमा कोइरालाको जोड थियो । बिपीले कार्यकर्तालाई संरक्षण र माया गर्ने गरेको बताउँदै उहाँले कार्यकर्ताको भावनाभन्दा बाहिर नेता जान नहुने बताउनुभयो । कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै भन्नुभयो, “हुने खाने र हुँदा खाने दुवैलाई एउटै शिक्षा दिनुपर्छ ।” काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, सावित्री चौधरी, विष्णुमाया परियार, काँग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङलगायतले संगठन मजबुत बनाउन गाउँदेखि सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । चितवन जिल्लामा काँग्रेसबाट निर्वाचित १७७ जनप्रतिनिधि र शिक्षा राज्यमन्त्री अधिकारीलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
अहिले सरकार ढल्ने कुनै सम्भावना छैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा

अमेरिकाले रोक्यो वैदेशिक अनुदान

    अमेरिकाले सबै प्रकारका वैदेशिक अनुदान सहयोग स्थगित गरेको छ । राष्ट्रपति

यो सरकार २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको देभानस्थित प्रशासकीय भवनको आज

प्युठानको सरुमारानीमा माओबादी छोडेर सिंगो गाउँ नै एमालेमा प्रबेश

    प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै माओवादी