निर्वाचनमा तालमेल गरेर जानु हुँदैन : डा कोइराला



हाम्रो इकोनोमि

नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर निर्वाचन लड्न नहुने बताउनुभएको छ । काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गर्नुभएको बताउनुभयो ।
संगठन बलियो बनाएर एक्लै निर्वाचन जित्ने तयारीमा काँग्रेस लाग्नुपर्नेमा कोइरालाको जोड थियो । बिपीले कार्यकर्तालाई संरक्षण र माया गर्ने गरेको बताउँदै उहाँले कार्यकर्ताको भावनाभन्दा बाहिर नेता जान नहुने बताउनुभयो । कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै भन्नुभयो, “हुने खाने र हुँदा खाने दुवैलाई एउटै शिक्षा दिनुपर्छ ।” काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, सावित्री चौधरी, विष्णुमाया परियार, काँग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङलगायतले संगठन मजबुत बनाउन गाउँदेखि सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । चितवन जिल्लामा काँग्रेसबाट निर्वाचित १७७ जनप्रतिनिधि र शिक्षा राज्यमन्त्री अधिकारीलाई सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...