एमाले बढार्ने भन्दै जनकपुरमा कुचो जुलुस,कांग्रेसका महामन्त्रीले भने कोहि संग तालमेल गरिन्न



हाम्रो इकोनोमि

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनको प्रचार प्रसारमा मधेस झरेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल राजपा नेपालका नेता कार्यकर्ताको निशानामा परेका छन् । प्रदेश नम्बर-२ को अगुवा कार्यकर्ता भेलामा एमालेलाई मधेस बिरोधी भन्दै राजपा कार्यकर्ताले कालोझण्डा देखाएर नेपालको जनकपुर भ्रमणको बिरोध गरेका छन् ।

एमालेको कार्यकर्ता भेला पिडारी चोकमा चलिरहँदा कार्यक्रमस्थल बाहिर राजपाका केही कार्यकर्ताले कालोझण्डा देखाएका थिए । भेला सम्बोधन गर्न जनकपुर पुगेका एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई राजपा कार्यकर्ताले अवरोध प्रयास गरेका छन् ।

एमालेलाई मधेसबाट बढार्ने भन्दै उनीहरुले कूचोसमेत बोकेका थिए ।नेपाललाई रामानन्द चोकमा भेला भएका राजपा कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए । तर आठ-दश जनाको संख्यामा रहेका उनीहरुलाई प्रहरीले तितरबितर पारेको थियो । त्यसपछि फेरि राजपा कार्यकर्ताले एमालेकाे कार्यकर्ता भेलामै ढुंगा प्रहार गरेका थिए ।

उनीहरुले एमाले मूर्दावादको नारा लगाएपछि केही एमाले कार्यकर्ता बाहिर आएर लखेटेका थिए । चार-पाँच जनाले कालोझण्डा देखाएर एमाले बिरुद्ध नाराबाजी गरेको भेलामा सहभागी अनेरास्ववियु केन्द्रीय सचिव आरती लामाले बताइन् ।

कार्यकर्ता भेलामा माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतो लगायतका नेताहरु सहभागी छन् । २ नम्बर प्रदेशको चुनावलाई लक्षित गरेर एमालेले अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।

यता नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा पार्टीले कसैसँग पनि तालमेल गरेर निर्वाचन लड्न नहुने बताउनुभएको छ ।
काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले तालमेल गर्ने कुरा बिपीले समेत अस्वीस्कार गर्नुभएको बताउनुभयो ।

संगठन बलियो बनाएर एक्लै निर्वाचन जित्ने तयारीमा काँग्रेस लाग्नुपर्नेमा कोइरालाको जोड थियो । बिपीले कार्यकर्तालाई संरक्षण र माया गर्ने गरेको बताउँदै उहाँले कार्यकर्ताको भावनाभन्दा बाहिर नेता जान नहुने बताउनुभयो ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षामा आमूल परिवर्तन गर्नुपर्ने बताउँदै भन्नुभयो, “हुने खाने र हुँदा खाने दुवैलाई एउटै शिक्षा दिनुपर्छ ।”
काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, सांसद रामकृष्ण घिमिरे, सावित्री चौधरी, विष्णुमाया परियार, काँग्रेस चितवनका पूर्वसभापति टेकप्रसाद गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह, इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता गुरुङलगायतले संगठन मजबुत बनाउन गाउँदेखि सबै एक जुट भएर लाग्नुपर्ने बताउनुभयो । चितवन जिल्लामा काँग्रेसबाट निर्वाचित १७७ जनप्रतिनिधि र शिक्षा राज्यमन्त्री अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...

विश्वप्रकाश र कृष्ण सिटौलाबीच वार्ता

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र इतर पक्षका नेता कृष्णप्रसाद सिटौलाबीच...

रास्वपाकी सांसद भट्टराईलाई कारबाही हुनसक्ने

    रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई आफैँले अपलोड गरेको एउटो भिडिओका कारण...