सर्बहाराको नेता भन्ने प्रचण्डको यस्तो छ जंगे शैली,नातिलाई मात्र बुझाऊछन् मासिक लाखौको थैली



हाम्रो इकोनोमि

सर्बहारा वर्गको अग्रदस्ता भनेर प्रचार गराएका माओबादी अध्यक्ष प्रचण्डको सामन्ती शैलीले उनको असली नियत देखाएको धेरै भयो। र पनि उनी बेलाबखत राजा महाराजा लाई चक्मा दिने गतिबिधी गर्छन।

बालबालिकालाई किङ र क्वीनका रुपमा स्वीकार गरेर हुर्काउने मुलुक उत्तर कोरिया हो । त्यसैले त्यहाँका बालबालिका बालापनदेखि नै देशको गीत गाउँछन् र स्वाभिमानी हुन्छन् ।
पशुपतिशमशेर जबराले राप्रपा प्रजातान्त्रिक गठन गरेका छन्, उनी नाती जर्नेल हुन् । जन्मदै जर्नेल हुनपाउने शौभाग्य उनलाई प्राप्त भयो । त्यतिबेला जहाँनियाँ शासन थियो, उनी जन्मे, नाती जर्नेल भए ।

अहिले त लोकतन्त्र छ । भूकम्प गयो, बाढीपहिरोले अस्तव्यस्त बनायो । लाखौं बालबालिकाको पढनपाठनमात्र होइन, तिनको जीवन नै जोखिममा छ । तर एउटा बालक अर्थात प्रचण्डका डेढवर्षका नाती जर्नेलभन्दा कम भाग्यमानी छैनन् । उनी पजेरो चढेर स्कूल जान्छन् भनेपछि उनको रहनसहन जर्नेली खान्कीभन्दा कम होला र ?

माओवादी कारखानाबाट उत्पादित बालक हुन् यी । उठेर मुत्नेका छोराले घुमाएर मुत्छन् भन्ने नेपाली उखान छ । देशै हल्लाउने प्रचण्डका त नाती, यिनले केमात्र नगर्लान् । हामी नबाँचौंला, बाँच्ने सन्ततीले यिनको करामत देख्ने भोग्ने छन् ।

जनयुद्धकालमा बोर्डिङ भनेपछि बम पड्काएर उडाइयो । जो बचे चन्दा दिएर बचे । शायद बचेकै मध्येको एउटा निजी बोर्डिङमा प्रचण्डका नाती पजेरोमा पढ्न जाने गरेका छन् । त्यो स्कूलको नाम हो स्टेपिङ स्टोन इन्टरनेशनल प्रि स्कूल । प्रचण्डजस्ता अन्तर्राष्ट्रिय स्तरको नेताको नातीले नेशनल स्कूलमा पढ्ने कुरा पनि त भएन ।
र, नेपालीले चलाएको स्कूलमा पढ्नु गलत हुन्थ्यो । त्यसैले भारतीय नागरिकको लगानी रहेको त्यही मण्टेश्वरीमा पढ्छन् नाती प्रचण्ड । त्यहाँ मासिक पचासौ हजार खर्च हुने गर्दछ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...