चुनाबी तालमेलले माओबादी सहितका पार्टी फुट्ने देखियो संकेत,कुन पार्टीको कुन संग हुदैछ मिल्ती



मुलुकमा चुनावको रौनक बढ्दै जाँदा राजनीतिक दलहरुबिचमा ध्रुविकरण बढ्दै गएको छ । चुनावमा उठान गरिएका विभिन्न राजनीतिक मुद्दाका कारण दलहरुमा ध्रुविकरण बढ्दै गएको छ । स्थानीय तहको चुनावमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र एउटा कित्तामा देखिएका थिए भने प्रमुख प्रतिपक्ष तथा संसदको दोस्रो ठूलो दल नेकपा एमाले अर्को कित्तामा उभिएको थियो । संविधान संशोधनको मुद्दाका कारण झन तीन दलबिचमा ध्रुविकरण बढ्दै गएको छ ।

अब हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावलाई केन्द्रित गरेर पनि दलहरुबिचमा ध्रुविकरण देखिएको छ । चुनावी तालमेलका कारण दलहरुको ध्रुविकरण स्पष्ट हुने संकेत देखिएको छ । चुनावका लागि एमालेसँग कांग्रेस र माओवादीले तालमेल नगर्ने र एमालेले पनि सोही अनुसारको रणनीति लिँदा प्रमुख तीन दलबिचमा कुरा नमिल्ने निश्चित छ ।

नेकपा एमालेले राष्ट्रवादी पार्टीका रुपमा आफुलाई दाबी गर्दै गर्दा उसको नीतिसँग सहमत हुने कमल थापा नेतृत्वको राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु एउटै कित्तामा उभिने देखिएको छ । अर्कोतिर नेपाली कांग्रेसको प्राजातान्त्रिक कित्तामा नेकपा माओवादी केन्द्र र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक उभिने देखिएको छ । यद्यपी माओवादीभित्र पनि दुई धार देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल कांग्रेससँग नजिक हुनुपर्ने विचारमा छन् भने अर्का नेता नारायणकाजी श्रेष्ठले एमालेसँग मिल्नुपर्ने तर्क गरेका छन् । तर सत्तामा कांग्रेस र माओवादीको प्रमुख साझेदारी भएकाले दुई दलबिचमा समझदारी कायम हुने देखिएको छ ।

अर्कोतिर संघिय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, नयाँ शक्ति नेपाल लगायतका दलहरु कुन कित्तामा उभिन्छन् भन्ने यकिन छैन । नयाँ शक्ति र संघिय समाजवादीबिचमा पार्टी एकतासम्मको प्रयास भएकाले चुनावमा तालमेल गर्ने सम्भावना देखिएको छ । यद्यपी पार्टी एकताको प्रयास असफल भएपछि मिल्न सक्ने हुन् वा होइनन् यसै भन्न सकिने अवस्था छैन ।
यतिबेला हुने ध्रुविकरणले राष्ट्रिय राजनीति नै प्रभावित हुने निश्चित छ । दलहरु ध्रुविकरण हुँदा राष्ट्रिय मुद्दामा समेत विवाद सृजना हुने निश्चित छ ।

प्रकाशित मिति : १३ भाद्र २०७४, मंगलबार  ०५ : १२  बजे

प्रतिक्रिया दिनुहोस
एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

७० लाख घुस माग्ने मन्त्री गुप्ताको जागीर चट्

    ७० लाख घुस मागेको अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य

एमालेको बिधान महाधिवेशनमा विद्यालाई ढोका बन्द

    १४ असारमा पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरेको र

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द