चुनाबी तालमेलले माओबादी सहितका पार्टी फुट्ने देखियो संकेत,कुन पार्टीको कुन संग हुदैछ मिल्ती



हाम्रो इकोनोमि

मुलुकमा चुनावको रौनक बढ्दै जाँदा राजनीतिक दलहरुबिचमा ध्रुविकरण बढ्दै गएको छ । चुनावमा उठान गरिएका विभिन्न राजनीतिक मुद्दाका कारण दलहरुमा ध्रुविकरण बढ्दै गएको छ । स्थानीय तहको चुनावमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र एउटा कित्तामा देखिएका थिए भने प्रमुख प्रतिपक्ष तथा संसदको दोस्रो ठूलो दल नेकपा एमाले अर्को कित्तामा उभिएको थियो । संविधान संशोधनको मुद्दाका कारण झन तीन दलबिचमा ध्रुविकरण बढ्दै गएको छ ।

अब हुने प्रदेश नम्बर २ को स्थानीय तहको चुनावलाई केन्द्रित गरेर पनि दलहरुबिचमा ध्रुविकरण देखिएको छ । चुनावी तालमेलका कारण दलहरुको ध्रुविकरण स्पष्ट हुने संकेत देखिएको छ । चुनावका लागि एमालेसँग कांग्रेस र माओवादीले तालमेल नगर्ने र एमालेले पनि सोही अनुसारको रणनीति लिँदा प्रमुख तीन दलबिचमा कुरा नमिल्ने निश्चित छ ।

नेकपा एमालेले राष्ट्रवादी पार्टीका रुपमा आफुलाई दाबी गर्दै गर्दा उसको नीतिसँग सहमत हुने कमल थापा नेतृत्वको राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दलहरु एउटै कित्तामा उभिने देखिएको छ । अर्कोतिर नेपाली कांग्रेसको प्राजातान्त्रिक कित्तामा नेकपा माओवादी केन्द्र र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक उभिने देखिएको छ । यद्यपी माओवादीभित्र पनि दुई धार देखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल कांग्रेससँग नजिक हुनुपर्ने विचारमा छन् भने अर्का नेता नारायणकाजी श्रेष्ठले एमालेसँग मिल्नुपर्ने तर्क गरेका छन् । तर सत्तामा कांग्रेस र माओवादीको प्रमुख साझेदारी भएकाले दुई दलबिचमा समझदारी कायम हुने देखिएको छ ।

अर्कोतिर संघिय समाजवादी फोरम, फोरम लोकतान्त्रिक, नयाँ शक्ति नेपाल लगायतका दलहरु कुन कित्तामा उभिन्छन् भन्ने यकिन छैन । नयाँ शक्ति र संघिय समाजवादीबिचमा पार्टी एकतासम्मको प्रयास भएकाले चुनावमा तालमेल गर्ने सम्भावना देखिएको छ । यद्यपी पार्टी एकताको प्रयास असफल भएपछि मिल्न सक्ने हुन् वा होइनन् यसै भन्न सकिने अवस्था छैन ।
यतिबेला हुने ध्रुविकरणले राष्ट्रिय राजनीति नै प्रभावित हुने निश्चित छ । दलहरु ध्रुविकरण हुँदा राष्ट्रिय मुद्दामा समेत विवाद सृजना हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...

जसमाथि पूरा भरोसा छ, उसैलाई काम दिए भइ गो नि : गोकुल

  नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवालयमा अध्यक्ष ओलीद्वारा प्रस्तावित नेताहरूको कार्यविभाजनको विषयमा...

एमालेमा उपाध्यक्षलाई विभाग र सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोक्ने तयारी

    नेकपा एमालेको भोलि बस्ने सचिवालय बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पारित गर्ने...