प्रविधियुक्त शिक्षा प्रणालीमा जोड गर्नुपर्छः ज्ञवाली



नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको रुपान्तरण आवश्यक रहेको औँल्याउनुभएको छ ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘समृद्धिको लागि विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार’ विषयको विचारगोष्ठीमा उहाँले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षा प्रणालीमा परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रा डा रामेश्वर अधिकारीले शिक्षामा विज्ञान र प्रविधिको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिको सही प्रयोग भएमा मुलुकले चाँडै समृद्धि हासिल गर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले प्रविधि शिक्षालाई जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सरकार लाग्नुपर्ने धारणा राख्नुभयो ।

 

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार  १२ : २६  बजे

प्रतिक्रिया दिनुहोस
इलिक्सरको सर्वोत्कृष्टताको निरन्तरता, १८ जनाले ल्याए ४ जिपिए

    काठमाडौँ कुमारीगाल, चाबहिलमा अवस्थित इलिक्सर एकेडेमीले संस्कार सहितको शिक्षालाई विशेष महत्व

माग पुरा नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

    असार १५ गते पारित गर्ने सहमति भए पनि शिक्षा विधेयक अगाडि

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी

     माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ

एकहप्ता भित्रै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी

    यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अबको एक साताभित्रै सार्वजनिक