प्रविधियुक्त शिक्षा प्रणालीमा जोड गर्नुपर्छः ज्ञवाली



हाम्रो इकोनोमि

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले देशलाई समृद्धिमा लैजान शिक्षाको रुपान्तरण आवश्यक रहेको औँल्याउनुभएको छ ।

अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘समृद्धिको लागि विज्ञान, प्रविधि, उद्यमशीलता र रोजगार’ विषयको विचारगोष्ठीमा उहाँले अहिलेको विज्ञान र प्रविधिको युगमा शिक्षा प्रणालीमा परिवर्तन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रा डा रामेश्वर अधिकारीले शिक्षामा विज्ञान र प्रविधिको प्रयोगसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै विज्ञान र प्रविधिको सही प्रयोग भएमा मुलुकले चाँडै समृद्धि हासिल गर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले प्रविधि शिक्षालाई जोड दिई दक्ष जनशक्ति उत्पादन गर्न सरकार लाग्नुपर्ने धारणा राख्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
बासुदेव दाहाल– अब्बल शैक्षिक परामर्शकर्मी, इक्यान उपाध्यक्षका उम्मेदवार

    शैक्षिक परामर्श संघ (इक्यान) को आगामी नेतृत्वमा उपाध्यक्ष पदका प्रत्यासी बासुदेव...

रोल्पामा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

    राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...

बजेट नछुट्याएकाले ९ बुँदे सहमति कार्यान्वयन हुन्न : मन्त्री पुन

  शिक्षामन्त्री महावीर पुनले अघिल्लो सरकारले शिक्षक महासंघसँग ९ बुँदे सहमति गरे पनि...