प्रधानमन्त्रीले राष्ट्रको शिर निहु¥याए : महासचिव पोखरेल



हाम्रो इकोनोमि

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भारत भ्रमणको क्रममा प्रधानमन्त्री शेरवहादुर देउवाले लज्जास्पद व्यवहार प्रदर्शन गरेको बताएका छन् ।
प्रवासी नेपालीमञ्च फ्रान्सको अधिवेशनमा सहभागी भई यहाँ आइपुगेका महासचिव पोखरेलले सार्वभौम संसदले छिनोफानो गरेको संविधान संशोधनको विषयलाई छिमेकमा पुगेर उप्काएर देउवाले स्वाभिमानी नेपालीको शिर नुङ्ग्याउने काम गरेको बताए ।

‘भ्रमणका क्रममा प्रधानमन्त्रीले औपचारिक कार्यक्रममा मैले संविधान संशोधन गर्ने सकिन, फेरी पनि प्रयास गर्छु भन्नु खेदजनक छ’– महासचिव पोखरेलले भने–‘हाम्रो आन्तरिक मामलामा कसैले पनि अनावश्यक चासो राख्नु गलत कुरा हो ।’

नेपालको राष्ट्रियतामाथि आँच आउने कुरामा एमाले कहिल्यैपनि सम्झौता नगर्ने उनले बताए । एमालेले गलत कुरामा कहिल्यै सम्झौता नगर्ने उल्लेख गर्दै महासचिव पोखरेलले स्वाधिन र सार्वभौम राष्ट्रको मुलुकलाई नेतृत्व गर्ने व्यक्तिको व्यवहार निकै खेदजनक रहेको बताए ।
यहा रहेका नेपाली समुदायलाई उनले श्रम र सीप सिकेर नेपालमै लगानी गर्न आग्रह गरे । अधिवेशनले भक्त वाग्लेको अध्यक्षतामा नयाँ नेतृत्वचयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...

आफ्नो प्रतिवेदन पेश गर्न पाउनुपर्ने कर्ण थापाले माग

    एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज पनि अध्यक्ष...