देउवाका दाहिने हातले भने- दुई नम्बर प्रदेशमा एमाले बाहेक अरु जो संग पनि तालमेल हुन्छ,एमाले पछार्ने यस्तो छ सुत्र



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका नेता एनपी साउदले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले नेकपा एमालेबाहेक सबै राजनीतिक दलहरुसँग चुनावी तालमेल गर्ने गरी तयारीलाई तिब्र बनाएको स्पष्ट पारेका छन ।
आज आयोजित कार्यक्रममा साउदले भने,‘पहिलो र दोस्रो चरणको निर्वाचन जस्तै तेस्रो चरणको निर्वाचनमा पनि कागं्रेसले तालमेल गर्छ तर नेकपा एमाले बाहेकका दलहरुसँग मात्रै ।’

उनले कांग्रेसले पहिलो प्राथमिकतामा राजपासँगको तालमेललाई राखेर छलफल गरिरहेको भन्दै माओवादी र अन्य मधेसवादी दलहरुसँग पनि तालमेल हुन सक्ने स्पष्ट पारे ।साउदले दुई नम्बर प्रदेशको निर्वाचनमा तालमेल गर्नेगरी राजपासँग नेता विमलेन्द्र निधीले कुराकानी गरिरहेको भन्दै अब प्रधानमन्त्रीले पनि छलफल थाल्ने बताए ।

मधेस मधेसको आधार भूमि रहेकोले त्यहाँ कसैले कांग्रेसलाई रोक्न नसक्ने दावी गर्दै उनले भने,‘मधेस कांग्रेसको जग हो । त्यहाँ सधै झै फेरि कांग्रेस नै एक नम्बर पार्टी बन्छ । हामी अहिले सबै निर्वाचनको तयारीमा पूर्ण रुपमा जुटिसकेका छौ ।’
साउदले प्रधानमन्त्री शेरबहादुर देउवाको भर्खरै सम्पन्न भारत भ्रमण ऐतिहासिक भएको दावी गर्दै बीपी कोइराला पछि भारतसँग नेपालको राष्ट्रिय स्वार्थमा सिधा कुरा राख्न सक्ने नेता देउवा भएको दावी गरे ।

उनले भने,‘यो भ्रमणले मुलुकको शिर सगरमाथा जस्तै उच्च भएको छ । गर्वले नेपाली जनताको छाती फुलेको छ । यो भ्रमणले नेपाली जनताको जित भएको छ । साउदले,‘बाहिर हल्ला गरिएजस्तो राष्ट्रिय हित विपरित कुनै सम्झौता नभएकोले भ्रमणलाई अनावश्यक कुरा गरेर विवादित नबनाउँन आग्रह गर्दै विश्वका ठूला ठूला देशका नेताहरुले समेत यस्ता भ्रमणमा आफ्ना देशको बास्तविकता बताउने प्रचलन रहेकोले देउवाले संविधान संसोधनको विषयमा बोल्नु उचित रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...