राणाको पार्टीकी केन्द्रिय सदस्य रेखा थापाको माओबादी मोह,प्रचण्डका मान्छे जिताउन यसरी मागिन भोट



माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीतिर प्रवेश गरेकी चर्चित नायिका रेखा थापाले अखिल (क्रान्तिकारी)को एक उम्मेद्वारका लागि भोट मागेकी छिन् । प्रचण्ड संग नाचेर चर्चा कमाएकी उनले फेरी उनै प्रचण्डका कार्यकर्ता लाई भोट मागेर चर्चित बनेकी छिन। काठमाडौंमा ६ दिनअघिदेखि जारी माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)को एकताको २१ औं सम्मेलनमा खुला सचिवका उम्मेद्वारलाई सामाजिक सञ्जाल फेसबुक मार्फत भोट मागेकी हुन् । अहिले रेखा पशुपतिशम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक)तिर ढल्किएकि छिन् । उनी त्यो पार्टीकी केन्द्रिय सदस्य समेत हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले भोट माग्दै लेखेकी छिन् ‘समय सङ्ग राजनितीक धारमा केही फरक आउनु स्वभाविकै हो । आए होलान । तर फरक दल भित्र पनि असल मान्छेहरु स्थापित भए न नेपालको राजनीतिले सहि गति लिन्छ भन्ने मेरो सामान्य बुझाई छ । नरेश रेग्मी , त्रिभुवन विश्व विद्यालय TU जर्नालिज्ममा अल नेपाल टपर तथा एक भिजन भएका प्रखर वक्ता हुन । नरेशले अखिल क्रान्तिकारीको केन्द्रिय सचिव (खुल्ला)मा अत्यधिक बहुमतले जित्छन भन्नेमा ढुक्क छु ! उनलाई धेरै धेरै शुभकामना ।’ राणाको पार्टीमा भए पनि उनको हिमचिम माओबादीकै मान्छे संग धेरै हुने गरेको छ। प्रचण्ड पुत्र प्रकाश संग त उनको अझ राम्रो सम्बन्ध छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका

चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी का ८ नियमको चर्चा

        चीनको विकास र चिनियाँ कम्युनिष्ट पार्टी बदल्ने राष्ट्रपति सी