राणाको पार्टीकी केन्द्रिय सदस्य रेखा थापाको माओबादी मोह,प्रचण्डका मान्छे जिताउन यसरी मागिन भोट



हाम्रो इकोनोमि

माओवादी छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टीतिर प्रवेश गरेकी चर्चित नायिका रेखा थापाले अखिल (क्रान्तिकारी)को एक उम्मेद्वारका लागि भोट मागेकी छिन् । प्रचण्ड संग नाचेर चर्चा कमाएकी उनले फेरी उनै प्रचण्डका कार्यकर्ता लाई भोट मागेर चर्चित बनेकी छिन। काठमाडौंमा ६ दिनअघिदेखि जारी माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)को एकताको २१ औं सम्मेलनमा खुला सचिवका उम्मेद्वारलाई सामाजिक सञ्जाल फेसबुक मार्फत भोट मागेकी हुन् । अहिले रेखा पशुपतिशम्शेर राणाको राप्रपा (प्रजातान्त्रिक)तिर ढल्किएकि छिन् । उनी त्यो पार्टीकी केन्द्रिय सदस्य समेत हुन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले भोट माग्दै लेखेकी छिन् ‘समय सङ्ग राजनितीक धारमा केही फरक आउनु स्वभाविकै हो । आए होलान । तर फरक दल भित्र पनि असल मान्छेहरु स्थापित भए न नेपालको राजनीतिले सहि गति लिन्छ भन्ने मेरो सामान्य बुझाई छ । नरेश रेग्मी , त्रिभुवन विश्व विद्यालय TU जर्नालिज्ममा अल नेपाल टपर तथा एक भिजन भएका प्रखर वक्ता हुन । नरेशले अखिल क्रान्तिकारीको केन्द्रिय सचिव (खुल्ला)मा अत्यधिक बहुमतले जित्छन भन्नेमा ढुक्क छु ! उनलाई धेरै धेरै शुभकामना ।’ राणाको पार्टीमा भए पनि उनको हिमचिम माओबादीकै मान्छे संग धेरै हुने गरेको छ। प्रचण्ड पुत्र प्रकाश संग त उनको अझ राम्रो सम्बन्ध छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...