गृहमन्त्री यसरी बटुल्दै छन् धन,के परेछ त्यस्तो र पुलिसलाई जिम्मा दिदैछन अध्यागमन



सरकारले अध्यागमन विभाग निजामती कर्मचारीबाट खोसेर नेपाल प्रहरीको जिम्मा लगाउने तयारी गरेको छ । निजामती कर्मचारीले अध्यागमन विभाग, त्यस अन्र्तगतका कार्यलयहरुको प्रभावकारी व्यवस्थापन र नाकाहरुबाट हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नसकेको सरकारको निष्कर्ष छ ।

गृहमन्त्री जनार्दन शर्माबाटै भइरहेको यस्तो गृहकार्यलाई लिएर गृह सचिव लोकदर्शन रेग्मी सहितका उच्चपदस्थ चाहिं असन्तुष्ट छन । शर्माले अहिलेकै अवस्थामा अध्यागमन चल्न नसक्ने निष्कर्षमा पुगेकोु वताए । उनले अध्यागमन सुधारका लागि विभिन्न विकल्पबारे छलफल भएको तर कुनै निर्णयमा पुगिनसकेको पनि उल्लेख गरे । कि अहिलेका कर्मचारीलाई तालिम दिनु पर्‍यो की त वेग्लै फोर्स गठन गर्नुपर्‍यो, उनले भने।

मन्त्री शर्माले गत महिना अध्यागमन विभागका तत्कालिन महानिर्देशक गंगाराम गेलाललाई बोलाई अध्यागमन व्यवस्थापन प्रहरीलाई दिने तयारीबारे बताएका थिए । अर्थ मन्त्रालयमा सरुवा हुन अघि गेलालले कर्मचारीहरुसँग गृहमन्त्रीको उक्त भनाईबारे जानकारी गराएका हुन् ।
वि सं २०४६देखि निजामती कर्मचारीले अध्यागमन सम्हाल्न पाएका हुन । त्यसअघि प्रहरीले नै हेथ्र्यो । पछिल्लो समय प्रहरीले निजामतीबाट अध्यागमन हात पार्न निरन्तर प्रयास समेत गर्दै आएको छ । यसअघिका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले सार्वजनिक रुपमै अध्यागमन हेर्ने जिम्मेवारी प्रहरीलाइ दिनु पर्ने बताएका थिए । तर निजामति प्रशासन चाहिं कुनै हालतमा प्रहरीलाई अध्यागमन फिर्ता गर्न नहुने भन्ने पक्षमा छ । खास गरी विमानस्थलको सुरक्षामा खटिएका उच्च प्रहरी अधिकारी नै तस्करीमा मुछिएका घटनाले निजामतिको दाबीमा बल मिलेको हो । त्यसो त अध्यागमन प्रशासनमाथि पनि कार्यकौशल नभएको र भ्रष्टाचारमा संलग्न भएको आरोप लाग्दै आएको छ । कतिपयले मन्त्रीको उक्त कदम लाई पैसा भेला गर्ने तुरुप समेत भनेका छन।

यसअघि तत्कालिन उपप्रधान एवं गृहमन्त्री बामदेव गौतमले २०७० चैत्र ८ गते विमानस्थल अध्यागमनका कर्मचारीहरु ुअध्यामगन डेस्कुनै खाली गरी हिडे पछि प्रहरीलाई जिम्मा दिने तयारी गरेका थिए । त्यस्तोमा तत्कालिन महानिर्देशक शरदचन्द्र पौडेलले गल्ती गर्ने कर्मचारीलाई कारवाही गर्ने तर अध्यागमनको व्यवस्थापन प्रहरीलाइ दिन नहुने अडान राखेर त्यो प्रक्रिया रोकेका थिए ।

उक्त घटनालाई लिएर गृह मन्त्रालयका सहसचिव यादव कोइरालाको संयोजकत्वमा गठित छानविन समितिले विमानस्थल अध्यागमनका कर्मचारीले गम्भीर गल्ती गरेको ठहर गरेपछि गौतमले झण्डै २१ जनालाई निलम्बन गरेका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७४, सोमबार  ०९ : ४९  बजे

प्रतिक्रिया दिनुहोस
जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

आवेग र उत्तेजना होइन संयमित बनौँ : उपप्रमुख डंगोल

     काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर,

०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन् : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै

केपी ओलीको निर्देशनमै एमाले चल्छ : रघुवीर

      नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र