वाईसिएलले अदालतको आदेश नमान्ने,सर्बस्व सहित जन्मकैद पाएकालाई यसरी जोगाऊदैछ



वाईसिएलका नव निवाचित केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको बताएका छन् । सोमवार दाङको तुलसीपुरमा रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना नेता ढुङ्गेलमाथि अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै त्यो अमान्य र अस्वीकार्य रहेको बताएका हुन् ।

बृहत शान्ति सम्झौता आफैँमा कानून भएको तर्क गरेका उनले राज्य र अदालतले त्यो नमानेको बताए साथै राज्य र अदालतले संविधान समेत नमानेको उल्लेख गरे । ‘कानून हामीले नमानेको होइन, राज्यले नमानेको हो र त्यही मान भनेर हामीले भनेको हो ।’ वाईसियल अध्यक्ष दिपशिखाले भने । द्धन्दकालीन घटनाहरू सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउनु पर्ने उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दिपशिखाले अदातलले यसैगरी द्धन्दकालीन मुद्दा हेर्दै जाने हो भने समाजमा शान्ति स्थायित्व कायम गर्न नसकिने उनको तर्क छ ।माओवादीका प्रत्येक गाउँकमिटीका सदस्यदेखि केन्द्रीय अध्यक्ष सम्मलाई मुद्दा लाग्ने स्थिति उत्पन्न हुने भएकोले द्वन्दकालीन मुद्दाको अदालती फैसला समाधान हुन नसक्ने उल्लेख गरे । ‘त्यसले द्वन्दको हल नहुने, निकास नहुने र समाजमा शान्ति कायम हुन नसक्ने हुँदा आफूहरूले त्यसअर्थमा बालकृष्ण ढुँगेलमाथिको फैसला अस्वीकार्य र अमान्य भएको निर्णय गरेका हौं ।’ उनले भने ।

यदी होइन भने आफूहरू पनि त्यही प्रक्रिया र शैलीमा अगाडि बढ्न बाध्य हुने र त्यसले द्वन्द निम्त्याउने उनको कथन थियो । माओवादी नेतालाई द्वन्दकालीन मुद्दा लगाउने हेप्ने, ह्येयको दृष्टिकोणले हेर्ने कुरा वाईसिलयलाई स्वीकार्य छैन भन्दै आफ्ना नेतामाथिको मुद्दा शान्ति सम्झौता अनुरुप नभए आफूहरू काँग्रेस र एमालेका शीर्ष नेताहरूका विरुद्ध द्वन्दकालीन मुद्दा दायर गर्न बाध्य हुने चेतावनी दिए ।

फरक प्रसंगमा उनले वाईसियल तीन महिने संगठनात्मक अभियान अघि सारेको उल्लेख गर्दै त्यो संघीय र प्रदेश चुनावमा माओवादी केन्द्रलाई जीत दिलाउने गरी खटिने बताए । शरद रेग्मी

 

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम