वाईसिएलले अदालतको आदेश नमान्ने,सर्बस्व सहित जन्मकैद पाएकालाई यसरी जोगाऊदैछ



हाम्रो इकोनोमि

वाईसिएलका नव निवाचित केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले बालकृष्ण ढुंगेलविरुद्ध अदालतको फैसला वाईसियललाई अस्वीकार्य भएको बताएका छन् । सोमवार दाङको तुलसीपुरमा रिपोटर्स क्लब दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रको संगठन वाईसियलका अध्यक्ष दिपशिखाले द्धन्दकालीन घटनालाई लिएर आफ्ना नेता ढुङ्गेलमाथि अदालतले गरेको फैसला अन्यायपूर्ण रहेको भन्दै त्यो अमान्य र अस्वीकार्य रहेको बताएका हुन् ।

बृहत शान्ति सम्झौता आफैँमा कानून भएको तर्क गरेका उनले राज्य र अदालतले त्यो नमानेको बताए साथै राज्य र अदालतले संविधान समेत नमानेको उल्लेख गरे । ‘कानून हामीले नमानेको होइन, राज्यले नमानेको हो र त्यही मान भनेर हामीले भनेको हो ।’ वाईसियल अध्यक्ष दिपशिखाले भने । द्धन्दकालीन घटनाहरू सत्य निरुपन तथा मेलमिलाप आयोग मार्फत टुङ्ग्याउनु पर्ने उनको धारणा थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष दिपशिखाले अदातलले यसैगरी द्धन्दकालीन मुद्दा हेर्दै जाने हो भने समाजमा शान्ति स्थायित्व कायम गर्न नसकिने उनको तर्क छ ।माओवादीका प्रत्येक गाउँकमिटीका सदस्यदेखि केन्द्रीय अध्यक्ष सम्मलाई मुद्दा लाग्ने स्थिति उत्पन्न हुने भएकोले द्वन्दकालीन मुद्दाको अदालती फैसला समाधान हुन नसक्ने उल्लेख गरे । ‘त्यसले द्वन्दको हल नहुने, निकास नहुने र समाजमा शान्ति कायम हुन नसक्ने हुँदा आफूहरूले त्यसअर्थमा बालकृष्ण ढुँगेलमाथिको फैसला अस्वीकार्य र अमान्य भएको निर्णय गरेका हौं ।’ उनले भने ।

यदी होइन भने आफूहरू पनि त्यही प्रक्रिया र शैलीमा अगाडि बढ्न बाध्य हुने र त्यसले द्वन्द निम्त्याउने उनको कथन थियो । माओवादी नेतालाई द्वन्दकालीन मुद्दा लगाउने हेप्ने, ह्येयको दृष्टिकोणले हेर्ने कुरा वाईसिलयलाई स्वीकार्य छैन भन्दै आफ्ना नेतामाथिको मुद्दा शान्ति सम्झौता अनुरुप नभए आफूहरू काँग्रेस र एमालेका शीर्ष नेताहरूका विरुद्ध द्वन्दकालीन मुद्दा दायर गर्न बाध्य हुने चेतावनी दिए ।

फरक प्रसंगमा उनले वाईसियल तीन महिने संगठनात्मक अभियान अघि सारेको उल्लेख गर्दै त्यो संघीय र प्रदेश चुनावमा माओवादी केन्द्रलाई जीत दिलाउने गरी खटिने बताए । शरद रेग्मी

 

प्रतिक्रिया दिनुहोस
वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा...

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका...

पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...