बाढीले कृषिमा ७७ करोड र शिक्षामा २१ लाखको क्षति



हाम्रो इकोनोमि

नवलपरासीमा गत साउन महिनामा आएको बाढीले कृषिमा ठूलो क्षति पु¥याएको छ । बाढीले करिब रु ७७ करोड ३३ लाख १९ हजार बराबरको क्षति भएको बताइएको छ ।

अविरल वर्षापछि बाढीका कारण परासीको सीमावर्ती तथा दक्षिणी क्षेत्रमा ठूलो क्षति भएको हो । सबैभन्दा बढी खाद्यान्न बालीमा बाढीले असर पारेको छ ।

खाद्यान्न बालीमा रु ६७ करोड ८७ लाख, तरकारीमा चार करोड २६ लाख र माछामा पाँच करोड १८ लाख बराबरको क्षति भएको कृषि विकास कार्यालयका प्रमुख तेजनरायण गैरेले बताउनुभयो ।

बाढीले नवलपरासीको १५ वटा स्थानीय तहमध्ये विनयी त्रिवेणी, सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकामा क्षति भएको छ । यस्तै मध्यबिन्दु, बर्दघाट र रामग्राम नगरपालिकाको कृषि क्षेत्रमा क्षति पुगेको छ ।

सबैभन्दा बढी सरावल गाउँपालिकामा रु २३ करोड ७८ लाख ६२ हजार, प्रतापपुरमा रु चार करोड २१ लख ३३ हजार, पाल्हीनन्दनमा रु२५ करोड ९२ लाख ५४ हजार, विनयी त्रिवेणीमा रु ३४ लाख १० हजार, सुस्तामा रु २४ करोड एक लाख ७५ हजार बराबरको उपज क्षति भएको छ ।

यस्तै रामग्राम नगरपालिकामा रु ६६ लाख ४४ हजार, बर्दघाटमा ५८ लाख ४१ हजार र मध्यबिन्दुमा १७ करोड ९५ लाख २० हजार बराबरको कृषि उपज क्षति भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...