चीनले १९६२ को युद्ध दोहोरिन सक्ने चेतावनी दिए पछी भारत डरायो,दोक्लमबाट सेना फिर्ता बोलायो



हाम्रो इकोनोमि

भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भएको बताएको छ। यसबाट दुई महिनाभन्दा लामो समयदेखि भारतीय चिनियाँ सैनिकबीच दोक्लममा जारी तनाव हट्ने संकेत देखिएको छ। यो संगै भारत चीन संग झुकेको पनि छ।

प्रेस विज्ञप्तिमा भारतीय विदेशमन्त्रालयले ‘दोक्लमबाट सीमा सुरक्षा बललाई शीघ्र फिर्ता गर्ने सहमति बनेको’ जनाइएको छ।
‘हालैका साताहरुमा दोक्लम घटनालाई लिएर भारत र चीनले कूटनीतिक सञ्चार कायम राखेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा सीमा सुरक्षा बलका जवानहरुलाई दोक्लमको विवादित स्थानबाट शीघ्र फिर्ता गर्ने सहमति बनेको हो र सो प्रक्रिया जारी छ।’
कुनै पनि वार्ता सुरु हुनुअघि भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने अडान चीनले राख्दै आएको थियो।

चीनले पनि दोक्लमबाट भारतीय सैनिक हटेको पुष्टि गरेको पिपुल्स डेली चाइनाले जनाएको छ।
भुटान र चीनबीच विवादित क्षेत्र दोक्लममा चीनले सडक निर्माण गर्न थालेपछि जुन १६ मा त्यहाँ भारतीय सेना पुगेर अवरोध गरेको थियो।

त्यसयता दुवै देशका सेना, सरकारी अधिकारी र सञ्चारमाध्यमले एकअर्काका विरुद्ध विषवमन गर्दै आएका थिए।
चीनले १९६२ को युद्ध दोहोरिन सक्ने चेतावनी पनि दिएको थियो।त्यस लगत्तै भारतीय पक्ष लचिलो बनेको हो।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...