चीनले १९६२ को युद्ध दोहोरिन सक्ने चेतावनी दिए पछी भारत डरायो,दोक्लमबाट सेना फिर्ता बोलायो



भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दोक्लमबाट सेना फिर्ता गर्ने सहमति भएको बताएको छ। यसबाट दुई महिनाभन्दा लामो समयदेखि भारतीय चिनियाँ सैनिकबीच दोक्लममा जारी तनाव हट्ने संकेत देखिएको छ। यो संगै भारत चीन संग झुकेको पनि छ।

प्रेस विज्ञप्तिमा भारतीय विदेशमन्त्रालयले ‘दोक्लमबाट सीमा सुरक्षा बललाई शीघ्र फिर्ता गर्ने सहमति बनेको’ जनाइएको छ।
‘हालैका साताहरुमा दोक्लम घटनालाई लिएर भारत र चीनले कूटनीतिक सञ्चार कायम राखेको थियो,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसै आधारमा सीमा सुरक्षा बलका जवानहरुलाई दोक्लमको विवादित स्थानबाट शीघ्र फिर्ता गर्ने सहमति बनेको हो र सो प्रक्रिया जारी छ।’
कुनै पनि वार्ता सुरु हुनुअघि भारतीय सेना त्यहाँबाट फिर्ता हुनुपर्ने अडान चीनले राख्दै आएको थियो।

चीनले पनि दोक्लमबाट भारतीय सैनिक हटेको पुष्टि गरेको पिपुल्स डेली चाइनाले जनाएको छ।
भुटान र चीनबीच विवादित क्षेत्र दोक्लममा चीनले सडक निर्माण गर्न थालेपछि जुन १६ मा त्यहाँ भारतीय सेना पुगेर अवरोध गरेको थियो।

त्यसयता दुवै देशका सेना, सरकारी अधिकारी र सञ्चारमाध्यमले एकअर्काका विरुद्ध विषवमन गर्दै आएका थिए।
चीनले १९६२ को युद्ध दोहोरिन सक्ने चेतावनी पनि दिएको थियो।त्यस लगत्तै भारतीय पक्ष लचिलो बनेको हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्