एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला



हाम्रो इकोनोमि

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताउनुभएको छ ।

रिपोर्टस क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।”

मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित र नियमन गरिने बताउँदै महिला बालबालिका र ज्येष्ठ नागरिकको हितका लागि मन्त्रालयले ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

महिला विरुद्धको अपराध न्यूनिकरणका लागि सरकार गम्भीर रहेको चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिक, आपाङ् र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गराउनेतर्फ आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...