एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला



हाम्रो इकोनोमि

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताउनुभएको छ ।

रिपोर्टस क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।”

मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित र नियमन गरिने बताउँदै महिला बालबालिका र ज्येष्ठ नागरिकको हितका लागि मन्त्रालयले ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

महिला विरुद्धको अपराध न्यूनिकरणका लागि सरकार गम्भीर रहेको चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिक, आपाङ् र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गराउनेतर्फ आफूले सक्दो पहल गरिरहेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...