युवतीको पेटबाट दश किलोको ट्युमर झिकियो



हाम्रो इकोनोमि

झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया ती युवतीको पेटभित्र रहेको ट्युमर बिनाचिरफार दूरबिन प्रविधिबाट निकालिएको हो ।

गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइमा भर्ना गरिएको थियो । उनको पेट असाधारणरुपमा सुन्निएकाले शल्यक्रिया गर्न सुझाव दिएपछि चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको हो ।

करिब दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरिएको डा शशि सिंहले बताउनुभयो । उहाँका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो । शल्यक्रियामा डा सिंहसहित डा सुमन सिंह र डा मुस्कान सिंह सहभागी हुनुहुन्थ्यो । चिकित्सकका अनुसार यति ठूलो ट्युमर कमैमात्रामा हुने गरेको छ । ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।

छोरीको उपचार सफल भएपछि आमा हृदय राजवंशीले खुशी व्यक्त गर्दै चिकित्सकको टोलीलाई धन्यवाद दिनुभयो । उहाँले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले अस्पतालमा लागेको खर्चमा केही हेरिदिन आग्रह पनि गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...