महाधिवेशन गराउन प्रचण्ड माथी तिब्र दबाब,किन विघटन भयो माओबादी हेडक्वार्टर



हाम्रो इकोनोमि

पार्टीको निर्णयलाई व्यवस्थित बनाउन सत्तारुढ दल नेकपा माओवादी केन्द्रले हेडक्वाटर विघटन गरेको छ । २०७३ जेठ ६ गते १० माओवादी घटकबीच एकता भएपछि बनाइएको हेडक्वाटर विघटन गरिएको हो । आइतबार बसेको हेडक्वाटरको अन्तिम बैठकले ३४ सदस्यीय हेडक्वाटर विघटन गरि केन्द्रीय सचिवालयलाई कार्यकारी अंग बनाउने निर्णय गरेको हो ।

पार्टीको सर्वोच्च र कार्यकारी निकायका रुपमा माओबादीले हेडक्वाटरलाई प्रयोग गर्दै आएको थियो । अब हेडक्वाटरको अधिकार ९९ सदस्यीय सचिवालयलाई दिइएको छ । सचिवालयको पहिलो बैठक आगामी शुक्रबार बस्ने बताइएको छ ।

हेडक्वारसँगै माओवादी केन्द्रले चार हजार सदस्यीय जम्बो महाधिवेशन आयोजक समिति समेत विघटन गर्ने भएको छ । साउन २ गते बसेको सचिवालयले जम्बो समिति विघटन गर्ने निर्णय गरेपनि त्यसका लागि प्रदेश कमिटिबाट स्विकृति लिनुपर्ने आवश्यकता औंलाएको थियो ।
अहिलेसम्म करिब सबै प्रदेश कमिटिले जम्बो समिति भंग गर्न स्विकृति दिइसकेका छन् । योसँगै महाधिवेशन आयोजक समिति समेत भंग हुने भएको छ । आयोजक समिति जम्बो भएको भन्दै पार्टी भित्र र बाहिर पनि चर्को आलोचना हुँदै आएको थियो ।

अहिले पार्टी भित्र महाधिवेशन गर्नुपर्ने आवज समेत उठ्दै आएको छ । तर मङ्सिर १० मा हुने चुनाब अगाडी त्यो सम्भब नभएको माओबादी श्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...