टाइफाइड भएपछि स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पताल भर्ना



हाम्रो इकोनोमि

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना हुुनुभएको छ ।

वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो । उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उहाँले भन्नुभयो, “आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।”

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न हुुनुहुन्छ । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा हुुनुहुन्थ्यो ।

उहाँका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...