देउवाको बिरोधमा विमानस्थलमा उर्लिदै भीड,यसरी देखाइने भो कालो झण्डा



हाम्रो इकोनोमि

भारतको भ्रमण सकेर केहि बेर पछी स्वदेश फर्कन लागेका प्रधानमन्त्री शेर बहादुर देउवालाइ स्वदेश उत्रिएलगत्तै कालो झण्डा प्रदर्शन गरी विरोध जनाइने तयारी भएको जानकारीमा आएको छ। भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री देउवा आज आउदैछन्।त्यहि मौकामा राष्ट्रघातका काम गरेको भन्दै उनलाई कालो झण्डा देखाउने तयारी भएको हो।

भारत भ्रमण सफल र उपलब्धिपूर्ण भनी सत्तापक्षबाट दाबी गरिए पनि विपक्षीहरुबाट भ्रमणको क्रममा भए-गरेका काम तथा अभिव्यक्तिको व्यापक आलोचना गरिएको छ । यसैक्रममा विप्लव नेतृत्वको माओवादीले एयरपोर्ट उत्रिँदा कालो झण्डा प्रदर्शन गरी विरोध जनाउन लागेको हो ।
प्रधानमन्त्रीको विरोध गर्न विमानस्थल क्षेत्रमा माओवादी कार्यकर्ताहरु विभिन्न रुपबाट भेला भएका छन् भने यसको सुइँको पाएपछि सुरक्षा निकायले पनि विमानस्थल आसपास सुरक्षा व्यवस्थामा थप कडाई गरेको बुझिएको छ ।
देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। र त्यहि बेला उनलाई कालो झण्डा देखाईने छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...