देउवाको बिरोधमा विमानस्थलमा उर्लिदै भीड,यसरी देखाइने भो कालो झण्डा



भारतको भ्रमण सकेर केहि बेर पछी स्वदेश फर्कन लागेका प्रधानमन्त्री शेर बहादुर देउवालाइ स्वदेश उत्रिएलगत्तै कालो झण्डा प्रदर्शन गरी विरोध जनाइने तयारी भएको जानकारीमा आएको छ। भारतको पाँचदिने औपचारिक भ्रमण सम्पन्न गरी प्रधानमन्त्री देउवा आज आउदैछन्।त्यहि मौकामा राष्ट्रघातका काम गरेको भन्दै उनलाई कालो झण्डा देखाउने तयारी भएको हो।

भारत भ्रमण सफल र उपलब्धिपूर्ण भनी सत्तापक्षबाट दाबी गरिए पनि विपक्षीहरुबाट भ्रमणको क्रममा भए-गरेका काम तथा अभिव्यक्तिको व्यापक आलोचना गरिएको छ । यसैक्रममा विप्लव नेतृत्वको माओवादीले एयरपोर्ट उत्रिँदा कालो झण्डा प्रदर्शन गरी विरोध जनाउन लागेको हो ।
प्रधानमन्त्रीको विरोध गर्न विमानस्थल क्षेत्रमा माओवादी कार्यकर्ताहरु विभिन्न रुपबाट भेला भएका छन् भने यसको सुइँको पाएपछि सुरक्षा निकायले पनि विमानस्थल आसपास सुरक्षा व्यवस्थामा थप कडाई गरेको बुझिएको छ ।
देउवासहितको टोली आज राति ८ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। र त्यहि बेला उनलाई कालो झण्डा देखाईने छ।

प्रतिक्रिया दिनुहोस
राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा

राजेन्द्र लिङ्देनसहित राप्रपा सांसदहरू गिरफ्तार

     राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहितका सांसदलाई सिंहदरबारभित्रैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।लिङदेनसहितका