देउवा सरकार ढाल्न एमाले लागेको सुइँको पाए पछी निधीले केपी र माधबको यसरी खोले पोल



हाम्रो इकोनोमि

देउवा सरकार गिराउन भित्र भित्रै खेल खेल्न एमालेका नेताहरु लागेको चाल पाए पछी नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रतिपक्षी एमालेका नेताहरुको पोल खोलेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयलाई नेता कार्यकर्ता परिचालन गरी अनावश्यक रुपमा उचालिरहेको बुझाईमा रहेका निधीले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको पोल खोलेका हुन् । उनले ओली उत्तरी छिमेकी चीनसँग मिलेर देशका परिवर्तन उल्ट्याउने षडयन्त्रमा लागेको तथ्य बाहिर ल्याएका हुन् । निधिले एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक रहेको बताए । उनले ओलीले चीन भ्रमणको बेला संघीयताको विरोधमा चिनियाँ नेताहरुसँग छलफल गरेर नेपालको शीर निहुर्याएको उनको टिप्पणी छ । एमाले भारतले नपत्याए पछी अन्य शक्ती केन्द्र संग खुराफात गर्न थालेको निधीको भनाइ थियो। एमालेले भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले संविधानका विषयमा दिएको अभिव्यक्तिले नेपालको शीर निर्हुयाएको भन्दै कडा आलोचना गर्न थाले पछी निधीले त्यसको काउन्टर दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...