विवादित सञ्चालनमा नआएको मेडिकल कलेजको यस्तो लूट, स्वास्थ्य उपचारमा शतप्रतिशत छुट



हाम्रो इकोनोमि

काठमाडौं नेसनल मेडिकल कलेज यतिखेर विवादमा छ ।घट्टेकुलोमा रहेको सो कलेजलाई त्रिभुवन विश्वविद्यालय सिनेट सभाले सम्बन्धन दिएपछि विवादमा परेको हो । र अहिले उक्त कलेजलाई दिएको सम्बन्धन फिर्ता लिन चौतर्फी दबाब परेको छ।

डा.गोविन्द केसी आमरण अनसनमै बसेका बेला त्रिवि सिनेटले कलेजलाई सम्बन्धन दिएको रहस्य खुलेको थियो । डा.केसी काठमाडौंमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग राखी ११ पटकसम्म अनसन बसिसकेका छन् ।

तर, सर्वोच्च अदालतको आदेशलाई निहुँ बनाउँदै त्रिविले सम्बन्धन दिएपछि चौतर्फी रूपमा नेसनल मेडिकल कलेजको सम्बन्धन खारेजको माग उठेको छ । डा.केसीका साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सो मेडिकल कलेज खारेजका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समेत नेसनलको सम्बन्धन खारेज गर्नुपर्ने माग राखेका छन् ।

तर, सञ्चालनमै नआएको नेसनल मेडिकल कलेजले भने विरामीको स्वास्थ्य उपचारका लागि शततिशतसम्म छुट दिने भन्दै सूचना जारी गरेको छ । सो मेडिकल कलेजले हरितालिका तीज विशेष सहुलियत योजना ल्याएको छ । जनरल बेड चार्जदेखि ओपिडी सेवामा शतप्रतिशत छुट दिने सार्वजनिक सूचना जारी गरेको छ ।

निकै विवादमा परेको सो कलेजले जारी गरेको सार्वजनिक सूचनाअनुसार भदौ ८ देखि ३० गतेसम्म जनरल बेड चार्जमा र ओपिडी सेवामा शतप्रतिशत तथा डाइग्नोसिसमा ५० प्रतिशत र एक्स–रे सेवामा ४० प्रतिशत सहुलियत दिइनेछ । केहीअघिसम्म नेसनल मेडिकल कलेजको भवनमा कुनै सेवा उपलब्ध थिएन । सबै कोठा बन्द थियो ।

तर, सञ्चालनमै नरहेको उक्त कलेजले सहुलियत अफर ल्याएर आफूसँग विरामी रहेको भन्ने देखाउने उद्देश्य देखिन्छ । सञ्चालनमै नरहेको कलेजलाई सम्बन्ध दिएको भन्दै सडकदेखि सदनसम्ममा विरोध भएको छ ।

त्रिवि उपकुलपति डा.तीर्थ खनियाँकै दबाबमा नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको तथ्य बाहिर आएको छ । सो मेडिकल कलेज जैननुद्दिन अन्सारीको हो । उनका दाजु बसिरुद्दिन अन्सारी हुन् । उनले वीरगन्जको नेसनल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् ।

नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिनुअघि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फ्याकल्टी बोर्डले पास गर्नुपर्छ । आइओएमका डिन जेपी अग्रवाल छन् । उनले आफूलाई नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा कुनै जानकारी नआएको दाबी गर्दै आएका छन् । फ्याकल्टी बोर्डले निर्णय नगरी त्रिवि सभाले कसरी सम्बन्धन दियो ? भन्ने रहस्यमै छ । जबकि त्रिवि सभामा आइओएमका डिन सदस्य हुन्छन् ।

फ्याकल्टी बोर्डले नयाँ मेडिकल कलेजको भौतिक पूर्वाधार हेर्ने, सिट संख्या उल्लेख गर्ने, सो कलेजमा पढाइ हुने विषयहरूलाई स्वीकृति दिनेलगायतको मापदण्ड हेर्ने गर्छ । जसअनुसार नेसनल मेडिकल कलेजले कुनै पनि पूर्वाधार पूरा नगरेको मिडिया एनपीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
वाणिज्य बैंकहरुको नाफा ६४ अर्ब, सबैभन्दा बढी नबिल बैंकले ८ अर्ब ४९ करोड कमायो

     वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...