पर्सामा चुनावी चहलपहल बढ्दै



हाम्रो इकोनोमि

नेपालको संविधानमा रहेका केही अन्तरवस्तुप्रति बिमति जनाउँदै आन्दोलनरत राष्ट्रिय जनता पार्टी ९राजपा० पनि प्रदेश नं २ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनमा भाग लिने भएपछि यस क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।

राजपा पनि चुनावमा जाने भएपछि यस प्रदेशमा स्थानीयतहको चुवान हुन्छ कि हुँदैन भन्ने दोधारमा रहेका मतदाता तथा विभिन्न दलका स्थानीय नेताले आ—आफ्ना चुनावी अभियानलाई तीव्रता दिँदै मतदाताको घरदैलोसम्म पुग्न थालेका छन् ।
उक्त प्रदेशकोे आर्थिक नगरी वीरगञ्जमा पनि प्रमुख राजनीतिक दलले उम्मेवारको नाम सार्वजनिक गर्न थालेका छन् ।

संविधानसँग जोडेर भएको आन्दोलन, त्यससँगै भएको नाकाबन्दी, बाढी र डुबानको चपेटा खेपिरहेका पर्सा जिल्लाका मतदातालाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित दलका प्रतिनिधि अहिले नगरदेखि गाउँसम्म मतदातालाई रिझाउन पुग्ने गरेका छन् ।
सत्ता साझेदारी दल नेपाली काँग्रेसले वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारको नाउँ हालसम्म सार्वजनिक नगरे पनि अजय द्विवेदीको नाम भने चर्चामा छ । सो दलले अहिलेसम्म महानगरपालिका , नगरपालिका, गाउँपालिका तथा वडा उम्मेदवारको नाम सार्वजनिक नगरेपनि अन्य दलले भने उम्मेदवारको नाम भने सार्वजनिक गर्दैआएका छन् ।

चुनावी मैदानमा आएको राजपाले पनि अहिलेसम्म सो महानगरपालिकामा उम्मेदवारको नाम तोक्न सकेको छैन् । पहिलो र दोस्रोचरणको चुनावमा भाग नलिएको सो दलले तेस्रोचरणको स्थानीय तहको चुनावमा भाग लिने भएपछि वीरगञ्ज महानगरपालिकाको प्रमुख पदको उम्मेदवारीका लागि विमल श्रीवास्तव र राजेशमान सिंह समर्थकबीच विवाद हँुदा पार्टीले कसलाई प्रमुखको उम्मेदवार बनाउने भन्नेबारेमा अहिलेसम्म निर्णय गर्न सकेको छैन ।

अहिलेसम्म घोषित वीरगञ्ज महानगरपालिकाका प्रमुख पदका उम्मेदवारमा नेकपा ९एमाले०का बसुरुद्दिन अन्सारी र उपप्रमुखमा सोफिया आचार्य तथा प्रमुख पदका उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का रहवर अन्सारी र संघीय समाजवादी फोरम नेपालका विजय सरावर्गी मतदाता सामु पुगिसकेका छन् ।
ती उम्मेदवारले विकासलाई प्रमुख प्राथमिकतामा राखेर चुनाव प्रचारप्रसारलाई अगाडि बढाएका छन् ।
यसैबीच प्रदेश नम्बर–२ अन्तर्गत पर्सा जिल्लामा तीन हजार ७४७ महिला र पाँच हजार ७४६ पुरुषसहित नौ हजार ४९३ नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

पर्सामा साउन १ गतेदेखि भदौ १ गतेसम्म पहिलोचरण अन्तर्गत जिल्ला निर्वाचन कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा भएको नामावली संकलन कार्यमा तीन हजार ६८१ जनाले मतदाताको लागि निवेदन दिएका थिए भने साउन १६ गतेदेखि भदौ १ गतेसम्म जिल्ला निर्वाचन कार्यालय र गाउँपालिकामा खटिएको टोलीमा मतदाता नामावली संकलन कार्यमा चार हजार ८३० जनाले आवेदन दिएको कार्यालयले जनाएको छ ।

यसैगरी मतदाता नामावलीमा त्रुटी सच्याउन १६ जना र ठेगान सार्न ५२ जनाले आवेदन दिएका थिए । नयाँ मतदाताले भने आउँदो असोज २ गते हुने स्थानीय तहको तेस्रोचरणको निर्वाचनमा भाग लिन नपाउने भए पनि अब हुने प्रदेश र संसदीय निर्वाचनमा भने मतदान गर्न र उम्मेदवारी दिन पाउने निर्वाचन अधिकारी हुमनाथ पराजुलीले राससलाई बताउनुभयो ।

पर्सामा वीरगन्ज महानगरपालिका, पोखरीया, महुदरमाई गरी ती नगरपालिका तथा १० वटा गाउँपालिका छ ।
जिल्लामा दुई लाख ८० हजार १११ मतदाताका लागि १६३ मतदानस्थलका साथै ३४२ मतदान केन्द्र तोकिएको छ ।
असोज २ गते हुने प्रदेश नम्बर–२ को तेस्रोचरणको स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी विभिन्न राजनीतिक दलले आ–आफ्नो पार्र्टीको गतिविधिलाई तीव्रता दिएका छन् ।

सो निर्वाचनका लागि पर्सा जिल्ला अदालतका मुख्य न्यायधीश विष्णु सुवेदीलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...

सरकारविरुद्ध सडकमा जानुपर्ने हुनसक्छ : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारको क्रियाकलाप जनविरोध भएको...