विदेशबाट आएका व्यक्ति एयपोर्टबाटै बेपत्ता



हाम्रो इकोनोमि

बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बन्नुभएको छ ।

बुधबार राति ९ः३० बजे त्रिभुवन विमानस्थलबाट बाहिरिनुभएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन ।

गत मंसिरमा रोजगारीका लागि विदेशिनुभएका शर्मा आठ महिनामै घर फर्कनुभएको थियो । शर्माको परिवारले खोजीका लागि प्रहरीलगायत सबैसँग आग्रह गरेको छ । विमानस्थल ओर्लेपछि शर्माले श्रीमती सवितालाई फोन गरी आफू आएको जानकारी गराउनुभएको थियो । बिहीबार बिहान पुनःश्रीमतीलाई फोन गरेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको शर्माका दाजु टीकाराम शर्माले बताउनुभयो ।

शर्मालाई लिन भनी हिँडेका श्रीमती सविता र जेठान गोपाल सडक जामका कारण बेलैमा विमानस्थल पुग्न सकेका थिएनन् । प्रहरीको ‘रिपोर्ट’ अनुसार चितवनको दासढुंगासम्म शर्माको मोबाइलको ‘ट्र्याकिङ’ भएको जनाइएको छ । शुक्रबार दिउँसो र शनिबार पनि नारायणगढमा देखिएको भन्ने अपुष्ट खबर आए पनि अहिलेसम्म नभेटिएको परिवारले जनाएको छ । “प्रहरी र आफन्तसँग खोजीका लागि सहयोग मागेका छौँ, अझै केही पत्तो लागेको छैन”– दाजु टीकारामले भन्नुभयो ।

चितवनमा रहेका शर्माका आफन्तजनले प्रहरीसँग मिलेर खोजी कार्य जारी राखेका छन् । गहुँगोरो वर्ण, साढे पाँच फिट उचाइ भएका शर्मालाई देखे÷भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८५५०५४४९० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । शर्मा अस्वस्थ भएपछि नेपालमै आई उपचार गर्ने भन्दै विदेश गएको छोटो समयमै घर फर्केको जनाइएको छ । घरमा उहाँका वृद्ध बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...