२ नम्बर प्रदेशमा एमालेले यसरी छान्यो उम्मेदवार



प्रमुख पर्तिपक्षी दल एमालेले प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २० स्थानीय तहका मेयर र उपमेयरको टुंङ्गो भदौ १५ अघिनै लगाउने एमालेले जनाएको छ ।

वीरगन्ज महानगरपालिका सहित अधिकांश स्थानीय तहमा उम्मेदवार तय गरेर एमालेले प्रचार प्रसारमा खटाइसकेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।वीरगन्जको मेयरमा एमालेले बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ । चौधरीका अनुसार सिरहा,सप्तरी र पर्साका सबै स्थानीय तहका उम्मेदवार तय भइसकेका छन् ।

प्रदेशका तीन उपमहानगरपालिकामा उम्मेदवार तय हुन बाँकी छन् ।

अध्यक्ष केपी ओली बैकक बाट फर्किएपछि भदौ १५ गते १३६ स्थानीय तहकै उम्मेदवारको नाम सार्वजनिक गरिने चौधरीले बताए । एमाले १ महिना अगाडी बाटै २ नम्बर प्रदेशमा होमिएको छ।

 

 

प्रकाशित मिति : ११ भाद्र २०७४, आइतबार  ०६ : ४३  बजे

प्रतिक्रिया दिनुहोस
जसपा नेता यादवले भने: मधेश नेपालबाट अलग भएरै छोड्छ

    प्रहरीको खोजीमा रहेका जसपा नेता अशोक यादवले आफ्नो कर्तुतलाई राजनीतिक र

आवेग र उत्तेजना होइन संयमित बनौँ : उपप्रमुख डंगोल

     काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर,

०८४ सम्म सबै भूमिहीनले पूर्जा पाउँछन् : उपप्रधानमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ०८४ साल नपुग्दै देशभरका सबै

केपी ओलीको निर्देशनमै एमाले चल्छ : रघुवीर

      नेकपा एमालेका सचिव रघुवीर महासेठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याकले पार्टीभित्र