नेपाल यसरी बन्दैछ हिन्दुराष्ट्र,देउवाले सहमति जनाए पछी मोदी भए दङ्ग



हाम्रो इकोनोमि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचमा संसदीय र संघिय चुनावपछि नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको खुलासा भएको छ ।

मंसिरमा गर्ने भनिएको संघ र प्रदेशको चुनावपछि नेपाली कांग्रेसले संविधान संशोधन गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा छलफल भएको भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले खुलासा गरेका हुन् । स्वामीले पत्रकारसँग कुरा गर्दै मोदी र देउवाबिचको वान टु वान वार्ताका क्रममा नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको जानकारी दिएका हुन् ।

पहिलेदेखि नै नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको भारतले देउवाको भ्रमणका क्रममा यस विषयलाई प्रभावकारी रुपमा अगाडि बढाएको हो ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोशीयारीले पनि नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा दुई प्रधानमन्त्रीबिचमा छलफल भएको दाबी गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले उच्च सम्मान दिएका थिए । नेपालका अन्य प्रधानमन्त्री जाँदा जति प्राथमिकता र सम्मान दिने गर्दथ्यो, त्यो भन्दो धेरै सम्मान देउवालाई दिएको भारतीय नेताहरुले बताएका छन् ।
२०६२–६३ को आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्कालिन भारतीय समकक्षी मनमोहन सिंहले दिएको सम्मानको तहमा यस पटक देउवालाई मोदीले सम्मान दिएको विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...