जापानमा नेपाल फेस्टिबल शुरु



हाम्रो इकोनोमि

अतिथि देवो भवः भन्ने मूल नाराका साथ १० औँ नेपाल महोत्सव(फेस्टिबल) शुरु भएको छ ।

नेपाली पर्यटकीय उत्पादनको प्रचारप्रसार गरी नेपालमा जापानी पर्यटक बढाउने उद्देश्यले टोकियोको उएनोपार्कमा १०औँ नेपाल फेस्टिबल आयोजना गरिएको हो ।

एनआरएनए जापान, स्थानीय सङ्घसंस्था र जापानस्थित नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु भएको दुईदिने फेस्टिबलको जापानका लागि नेपाली राजदूत प्रतिभा राणा र सङ्घका उपाध्यक्ष भवन भट्टले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।

फेस्टिबलमा नेपालका मौलिक भाषा, कला, सस्ंकृति, पहिचान र स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी व्यावसायिकरुपमा पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

मेला अवलोकनका लागि आएका अधिकांश नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकभाकामा रमाएका थिए ।

फेस्टिबलमा राखिएका नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्ति आकर्षक बनेका छन् । फेस्टिबलमा कला सस्ंकृति , पर्यटकीयस्थलको जानकारी, नेपाल चिनाउने पथ प्रदर्शनमार्ग, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादनलगायतका ४६ कक्ष रहेको आयोजक समितिका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...