प्रचण्डले मुख खोले पछी एमाले पनि हौसियो,देउवालाई सोत्तर पार्न एमाले र प्रचण्डको यस्तो दोस्ती



हाम्रो इकोनोमि

सत्ता साझेदार नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गठबन्धन गर्ने भएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादु देउवा संविधान संशोधनबारेको अभिव्यक्ति र सप्तकोशीमा उच्च बाँध बनाउने सम्झौताले विवादमा तानिएका बेला प्रचण्डले एमालेसँग सहकार्य हुनसक्ने बताएका हुन् ।

शनिबार प्रेस सेन्टरले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्य हुनसक्ने कुराको खुलासा गरेका हुन् । उनले दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको तेस्रो चरणको चुनावमा एमालेसँग पनि तालमेल हुनसक्ने जानकारी दिँदै आगामी दिनमा गठबन्धन नै बन्न सक्ने संकेत गरेका हुन् ।
दुई नम्बर प्रदेशमा माओवादी केन्द्रले तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा प्रचण्डले मधेश केन्द्रित दल, काँग्रेस र एमालेसँग तालमेल गर्न सकिने स्पष्ट पारे । उनले भने– ‘नीतिगत रुपमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिन्छ ।’
प्रचण्डको यो भनाईले प्रधानमन्त्री भारत भमणपछि कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग जोडिने मनस्थितीमा पुगेको बुझ्न सकिन्छ । यद्यपी देउवा भारतबाट फर्किएपछि उनको धारणा बुझेर प्रचण्ड अगाडि बढ्ने बताइन्छ । एता एमालेले देउवाको राजिनामा मागेको छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...