धर्मगुरुका नाममा मच्चियो हिंसा, भारतभर यसरी भयो हंगामा



हाम्रो इकोनोमि

उत्तरी भारतीय सहरमा शनिबार सयौ सैनिक तैनाथ गरिएता पनि सुरु भएको भीषण झडपमा परी कम्तीमा ३० व्यक्तिको मृत्यु भएको छ ।

हरियाणा सहरमा हजारौं व्यक्तिले आफ्ना धर्मगुरु मानिआएका गुरमीत राम रहीम सिंहलाई बलात्कारको मुद्दामा एक अदालतले शुक्रबार दोषी ठहर गरेपछि सो प्रदर्शन सुरु भएको थियो ।

यस प्रदर्शनको क्रममा अन्य २ सय घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । यद्यपी सरकारी स्रोतले एएफपी समाचार समितलाई दिएको जानकारी अनुसार जारी प्रदर्शनको क्रममा कम्ती ३२ व्यक्तिको मृत्यु भएको छ । यस घटनामा गोली प्रहारबाट नै व्यक्तिहरु हताहत भएको छ ।

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था ‘डेरा’का प्रमुख समेत रहेका सिंहका समर्थकद्वारा भएको प्रदर्शनका क्रममा जारी झडपमा परी देशका विभिन्न शहरमा उनीहरुको मृत्यु भएको हो ।

हरियाना राज्यको पञ्चकुला सहरमा सिंहका हजारौं समर्थकहरुले अदालतको फैसलाको विरोध गर्दै स्थानीय टेलिभिजनका गाडीहरु, सार्वजनिक तथा निजी सवारी साधनहरु, भवनहरु लगायतमा तोडफोड गरेका छन ।

उनीहरुले कतिपय ठाँउमा आगजनी समेत गरेका सरकारी अधिकारीहरुले बताएका छन ।

हरियाना र छिमेकी राष्ट्र पञ्जावमा मोवाईल फोन सेवा अवरुद्ध भएको छ । हिंसा थप बढ्न नदिन शुक्रबार बेलुकादेखि नै सरकारले उच्च सुरक्षा सतर्कता बढाएको छ ।

सिंहले आफ्ना दुई जना अनुयायीहरुलाई बलात्कार गरेको ठहरसहित अदालतले शुक्रबार उनलाई दोषी भएको जनाएको थियो ।

सीबीआईका न्यायाधीश जगदीप सिंहका अनसार ५० वर्षीय डेरा प्रमुखलाई दोषी ठहर गर्दै आगामी अगस्त २८ गते सजाय सुनाइने बताएका छन् । सिंहका अनुसार गुरमितलाई सातदेखि १० बर्षसम्मको आजीवन कैद हुनसक्ने छ ।

प्रदर्शनका क्रममा ५० जना प्रहरी तथा सुरक्षाकर्मी सहित झण्डै २०० जना घाइते भएका सरकारी अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले हरियाणा, पञ्जाव र राजस्थानसमेतका शहरहरूमा व्यापक हस्तक्षेप गरेको र अश्रुग्यास, पानीका फोहरा, हवाई फाएर गरेको दर्शनकारीले जनाएका छन् । प्रदर्शनकारीले जुलुशमा सहभागीहरूलाई ताकेरै गोली चलाएको दाबी पनि गरेका छन् ।
पचास बर्षीय गुरमितको विश्वभरी ६ करोड समर्थक रहका अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

जापानमा संसद् विघटन, फेब्रुअरी ८ मा मध्यावधि चुनाव

    जापानका प्रधानमन्त्री साने ताकाइचीले शुक्रबार संसद्को तल्लो सदन विघटन गर्दै फेब्रुअरी...

गायक प्रशान्त तामाङको निधन

    गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । उनी निकट...