देउवाको भ्रमण सफल भएको ठहर गर्दै प्रचण्डले किन एमाले संग सहकार्य गर्ने कुरा झिके?



हाम्रो इकोनोमि

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल भएको देखिएको बताउनुभएको छ ।
प्रेस सेन्टरले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीको भ्रमणका क्रममा भारतले नेपालमा स्थानीय तहको चुनाव सम्पन्न भई प्रदेश र केन्द्रको चुनाव गराउन शुरु भएको प्रक्रियालाई समर्थन गर्नु सकारात्मक भएको टिप्पणी गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “प्रधानमन्त्रीले पुराना सहमति कार्यान्वयन र केही हाम्रा अत्यावश्यक विषय बाहेक कुनै पनि विषयमा नपसेको कुरा तपाईंहरुले थाहा पाइसक्नु्भएको छ ।”

अन्ततः राजपा पनि चुनावमा भाग लिन सहमत हुँदा संविधान कार्यान्वयनका लागि खुशीको विषय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब सबैको सहभागितामा संविधान कार्यान्वयनको प्रक्रियालाई अगाडि बढाएर देशलाई राजनैतिक स्थिरता र आर्थिक समृद्धिमा लैजानु पर्छ ।”

नेकपा माओवादी केन्द्रले २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको चुनावमा तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर र त्यसमा पनि मधेश केन्द्रित दलसँग तालमेल हुने स्पष्ट पार्नुभयो ।

नीतिगत रुपमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिने उहाँले भन्नुभयो ।
एक अर्को प्रश्नमा अध्यक्ष दाहालले मङ्सिरमा चुनाव हुनेमा शंका नगर्न आग्रह गर्नुभयो । आज यहाँ शुरु भएको नेकपा माओवादी केन्द्रको ७ नम्बर प्रदेशस्तरीय अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु आज धनगढी पुग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर अखिलको प्रदर्शन, ६ विद्यार्थी नेता पक्राउ

    सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी...

सरकारको विरोध गर्दा गोली हान्ने धम्की आयो : ऐन महर

    प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गुण र दोषको...