चुनाबमा जाने निर्णय संगै राजपामा हानाहान,मेयरको टिकटका लागी किन भयो लफडा



पार्टी नेतृत्वले निर्वाचनमा भाग लिने निर्णय गरेसँगै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) मा वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा झडप भएको छ । पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन शुक्रबार वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद हुँदा राजपाका कार्यकर्ताबीच झडप भएको हो।

वीरगन्जको मेयर उम्मेदवार छनोटका लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर, वीरगन्ज महानगरको मेयर पदका आकांक्षी नेता विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक सुरु नहुदै झडप भएको हो । कार्यकर्ताको झडपले बैठक नै स्थगीत भएको छ।
बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो । तर, मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठकमा नाराबाजी गर्दै पुगेका थिए।

बैठक स्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक केही समयका लागि स्थगित गर्नु परेको राजपाका केन्द्रीय महासचिव शिव पटेलले जानकारी दिए। वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचानका निम्ति बैठक बोलाइएको थियो।
राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटका लागि द्वन्द्व चल्दै आएको अन्नपूर्णले उल्लेख गरेको छ। उनीहरुका समर्थकले सामाजिक सन्जालमा आ-आफना नेतालाई मेयरको उम्मेदवार बनाएर भोट माग्न थालिकेका छन्।
राजपा गठन गर्नु अघि श्रीवास्तव, तत्कालीन तराइ मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय कोषाध्यक्ष एंव प्रवक्ता थिए। मेयरका अर्का मुख्य आकांक्षी सिंह भने शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का केन्द्रीय महामन्त्री थिए।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम