सामसुङका साहुको किर्ते धन्दा,तोकियो पाँच बर्ष जेल सजाय



हाम्रो इकोनोमि

दक्षिण कोरियाली मोबाइल फोन उत्पादक कम्पनी सामसुङका अर्बपति मालिकका उत्तराधिकारी ली जेय योङलाई भ्रष्टाचारको अभियोगमा ५ वर्ष कैद सजाय सुनाइएको छ । दक्षिण कोरियाको सोलस्थित एक अदालतले भ्रष्टाचार गरेको ठहर गर्दैै सामसुङका कार्यवाहक अध्यक्ष ली जाय योङलाई पाँच वर्षको जेल सजाय तोकेको हो ।

लिमाथि एक गैरसरकारी संस्थालाई राजनीतिक लाभका लागि झण्डै ३ करोड ६० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको आरोप लागेको थियो । बीबीसीले जनाएअनुसार पूर्व राष्ट्रपति पार्क ग्वेन हीलाई महाभियोग लागेकै भ्रष्टाचार मुद्दामा ली पनि मुछिएका थिए । ली गत फरबरीदेखि थुनामा राखिएका छन् ।

लिले भने आफूमाथि लागेका सबै आरोपको खण्डन गर्दै आएका छन् । लिका वकिलले अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् । विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन मेकर सामसुङका उत्तराधिकारी लिलाई गत फेब्रुअरीमै भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो। फैसला आउनेबित्तिकै सामसुङको शेयरमा गिरावट आएको छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

इरान परमाणु हतियार बनाउने लक्ष्य नजिक थियो : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सैन्य शक्ति क्षिण हुँदै गएको र...

इन्डोनेसियामा शक्तिशाली भूकम्प

     इन्डोनेसियाको मोलुका टापु नजिकै आज ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...