सीमाका बाँध भत्काउन जोडदार माग, सरकारले नगरे आफै भत्काउने मधेशी भुमिपुत्रले दिए धम्की



सरोकारवाला निकायहरुले सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचना तत्काल भत्काउन सरकारसँग माग गरेका छन्। सीमावर्ती क्षेत्रमा भारतले एकतर्फी रुपमा बनाएको बाँध, तटबन्ध र सडकका कारण नेपाली भूमिमा डुबान र कटानको समस्या गम्भिर बन्दै गइरहेका बेला सरोकारवाला निकायले सो सम्बन्धमा तत्काल भारत सरकारको ध्यानाकर्षण गराउन सरकारसँग माग गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँध सरोकार राष्ट्रिय मञ्च, नेपालका अध्यक्ष रामलखन हरिजनले भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचना तत्काल भत्काउने व्यवस्था गर्न सरकारसँग माग गरे। उनले भारतले बाँधेका बाँध र तटबन्धका कारण नेपालीहरुले ठूलो पीडा भोग्ने गरेपनि सरकार गम्भिर नभएको भन्दै आक्रोश पोखे।

मञ्चले सीमावर्ती क्षेत्रमा भारतले निर्माण गरेका भौतिक संरचनाका कारण तराईका जनताले ठूलो जनधनको क्षति व्यहोर्दै आएकाले अव त्यसो हुन नदिन भारतसँग नयाँ सहमति गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले भारतले एकतर्फी रुपमा निर्माण गरेको भौतिक संरचनाका कारण नेपाली भूमिमा डुबान समस्या गम्भिर बन्दै गएकाले ती समस्या समाधान गर्न तत्काल भारत सरकारसँग संवादको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरे।

भारतले एकतर्फी रुपमा निर्माण गरेको बाँध, तटबन्दलगायतका भौतिक संरचनाका कारण नेपालको तराईको जमिनमा डुबान र कटानको समस्या गम्भिर भन्दै गईरहेको विज्ञहरुको पनि भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम