देउवाका गतिबिधी देखेर माओबादी बिरक्तियो,प्रचण्ड र नारायणकाजी किन भए फायर?



हाम्रो इकोनोमि

पार्टीको प्रदेश नं. ६ को प्रशिक्षण कार्यक्रममा सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटमा हार्नुपर्ने जति हारिसकेको भन्दै अब माओवादी केन्द्रले नहार्ने जिकीर गरे । ‘जति हारियो, हारियो, अब माओवादी यहाँभन्दा तल जाने ठाउँ छैन,’ प्रचण्डले भने,’माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ । हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ ।’

प्रचण्डले जनताबाट प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपतिते मात्र देशमा राजनीतिक स्थीरता दिने दावी गरेका छन् ।
संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डले बताए ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति ईङ्गति गर्दै प्रचण्डले भने,’भर्खरै संविधान संशोधन विधेयक संसदबाट फेल भएको छ । अब तत्काल संविधान संशोधन हुँदैन । संविधान संशोधन नेपालको आन्तरिक विषय हो । यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन ।’
यता नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे दिल्लीमा दिएको अभिव्यक्तिबारे असन्तुष्टि जनाएका छन् ।

देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग विहिबार संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधन गरेर सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाएलगत्तै राति सामाजिक सञ्जाल ट्वीटरमार्फत माओवादी नेता श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन् ।

श्रेष्ठले भनेका छन्– ‘देउवाले मोदीसँगको पत्रकार सम्मेलनमा हाम्रो संबिधानका बारेमा बोल्नु भएको कुराले नेपाल र नेपालीको अपमान गरेको छ । प्रमलाई थाहा छ के बोल्नुभो ?’

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...