संबिधान संसोधन गर्न नसके पछी देउवा लम्पसार परे भन्दै ओलीले अरु के-के लगाए आरोप



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अहिलेसम्मकै प्रधानमन्त्रीको भ्रमण मध्ये सबैभन्दा लज्जास्पद र घटिया भएको टिप्पणी गरेका छन् ।
नियमित स्वास्थ्य परिक्षणको लागि थाईलैण्ड जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो जारी भारत भ्रमणको क्रममा नयाँ दिल्ली भारतीय नेताहरुको सामु दिएको अभिब्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमान विरुद्ध अत्यन्तै लज्जास्पद भएको बताए ।
ओलीले प्रधानमन्त्रीले दिल्लीमा दिएको अभिब्यक्तिले देशको स्वाभिमानको धज्जी उडाएको आरोप लगाए ।

उनले भने, ‘प्रसंग विना प्रधानमन्त्रीले संविधान संसोधनको विषयमा बोल्नु भारतलाई खुसी पार्न खोज्नु हो । पाएको संविधान संसोधनको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै क्षमा याचना गरे जस्तो देखिन्छ ।’
ओलीले संविधान संसोधन पास गर्न नसकेकोमा प्रधानमन्त्रीले भारत समक्ष क्षमा याचना गरेको भन्दै नेपालको गरिमा भन्दा बाहिर गएर राष्ट्रियता, संसदको विषयमा आँच आउने अभिब्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुन सक्ने तर्क गरे ।

 

प्रतिक्रिया दिनुहोस
सन्तोष परियारले छाडे पनि रास्वपा

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टी छाडेका छन्...

सिंगापुरबाट आज स्वदेश फर्किँदै देउवा-दम्पती

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज शुक्रबार स्वदेश फर्किँदै छन् ।...

दल र नेतालाई अवरोध गरेर चुनाव हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार...

दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

निर्वाचन आयोगले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन लड्न चाहने दललाई दल दर्ताको...