पहिरोबाट अठचालिस रोपनी धानखेत पुरियो



हाम्रो इकोनोमि

गत साउन २२ गतेको वर्षासँगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ ।

पहिरोबाट घरमा राखिएको नौ टन मकै र छ टन धान क्षति भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँले जानकारी दिनुभयो ।

सोही दिनको पहिरोले १५ घर पुरिनुका साथै उत्तरगया गाउँपालिका–४ पहिरेवेसी क्षेत्रको बेते गौँडा सिँचाइ कुलोमा क्षति पुगेको छ । सो कुलो पुनःसञ्चालनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको हुमागाइँले बताउनुभयो ।

सो क्षेत्रका २६ चौपाया र ९६ पक्षी मरेपछि रु ३० लाख बराबरको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक प्रेम डाँगीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...