यी हुन् टेलिकम धरासायी पार्ने धमिराहरु,एनसेल पोस्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

कालोसूचीमा परेको कम्पनीलाई ठेक्का दिनका लागि नेपाल दूरसंचार कम्पनी(टेलिकम)का पूर्व र वर्तमान उच्च अधिकारीले तीव्र दबाब दिने गरेका छन् ।

नेपाल टेलिकममा उपकरण लगायतका सामान आपूर्ति गर्दैआएका डीआर उपाध्याय कालोसूचीमा परेका ब्यापारी हुन् । उनले आपूर्ति गरेका सामान गुणस्तरहीन भएका कारण टेलिकमले उनको ब्यापारिक फर्मलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका उपाध्यायलाई साथमा लिएर टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र सिभिल विभाग प्रमुख सुनिल पोखरेल कम्पनीलाई एनसेलको योजनामा भित्रभित्रै सिध्याउन लागेका छन् ।

तर तिनै उपाध्यायको सामान खरिदका लागि टेलिकमका पूर्व प्रबन्ध संचालक आचार्य र सिभिल विभाग प्रमुख पोखरेल लागेका छन् ।
पोखरेलले टेलिकमभित्र कर्मचारी भड्काउने काम समेत गर्दैआएका छन् । यसरी एनसेलको उक्साहटमा कर्मचारी भड्काउनेदेखि कालोसूचीमा परेको कम्पनीलाई ठेक्का दिन दबाब दिएर टेलिकम धरासायी बनाउने खेलमा आचार्य र पोखरेल दिन रात लागिरहेका छन् ।

पछिल्लो समयमा अरु कुनै विकल्प नदेखेपछि आचार्य र पोखरेल आफ्नै संस्थाविरुद्ध शक्तिकेन्द्रमा धाउन थालेका छन् । स्रोतका अनुसार उनीहरुको भित्री योजना सार्वजनिक भएपछि उनीहरु शक्तिकेन्द्रको सहारामा पुगेका हुन् । तर बार्षिक करबाहेकको मुनाफा १५ अर्ब रुपैयँमा वर्तमान नेतृत्वले पु¥याएपछि उनीहरुको शक्तिकेन्द्र धाउनुपर्ने औचित्यसमेत पुष्टी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सांसदका ८७५ स्वकीय सचिव खारेज

    सरकारको केही दिनअघिको निर्णयसँगै संघीय संसद् र सात वटै प्रदेशका सांसदहरूले...

वाणिज्य बैंकहरूको नाफामा गिरावट

     वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८२/८३...

जनार्दन र घनश्याम विप्लवनिवासमा

    नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम...

पोखराको वरपिपल रिसोर्टमा आगजनी गर्ने ५ जना पक्राउ

    जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको...