मोदीले प्रश्न गरेपछी देउवा आत्तिए,हतारिदै प्रचण्ड संग किन गरे २५ मिनेट टेलिफोन वार्ता



हाम्रो इकोनोमि

पाँच दिने भारत भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर भारतीय समकक्षी मोदीका कारण संकटमा फसेका छन् । बुधवार देउवा दिल्ली पुगेको २ घण्टाभित्र भ्रमणलाई लिएर चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो । बेइजिङले पत्रकार सम्मेलन गरेको तीन घण्टापछि भारतीय समकक्षी मोदीले आकस्मिक उनलाई आफ्नो निवासमा बोलाएका थिए । मोदीको निवासमा निस्के लगतै उनले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा टेलिफोन गरेका थिए । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूसँग २५ मिनेट कुरा भयो’ प्रचण्ड निकट स्रोतले भन्यो ‘दोक्लम विवादमा भारतले देउवालाई तान्न खोजिरहेको छ । तर विवादमा नपर्ने अध्यक्षज्युले सल्लाह दिनुभयो ।’ बुधवार देउवा र मोदी भेट्ने कार्यक्रम थिएन । तर बेइजिङले पत्रकार सम्मेलन गरेपछि कार्यक्रम परिवर्तन गरेर मोदीले अनौपचारिक भेटघाटको कार्यक्रम तय गरेका थिए ।

प्रचण्ड निकट स्रोतका अनुसार दुई देशका प्रधानमन्त्रीले जारी गर्ने संयुक्त बिज्ञप्तीमा दोक्लमको बिषय पनि प्रवेश गराउन भारतीय प्रधानमन्त्रीले खोजेका छन् । दोक्लम विवादमा मौन बस्न प्रधानमन्त्री देउवालाई नेपालका राजनीतिक दलले सुझाव दिएका थिए । संयुक्त बिज्ञप्तीमा दोक्लम विवादले प्रवेश पाए देशभर देउवाको विरोध हुने निश्चित छ । देउवाको आसन्न भारत भ्रमणभन्दा पहिले चीनका उपराष्ट्रपतिले नेपाल भ्रमण गरेका थिए । नेपाललाई दोक्लम विवादमा तान्न सक्ने आशंका पाएपछि चिनिया उपप्रधानमन्त्रीले यस्तो अवस्थामा भारत नजान देउवालाई सुझाव दिएको परराष्ट्रमन्त्रालय स्रोतले बताएको छ ।

मोदीको प्रस्तावपछि झस्किएका देउवाले सत्तासाझेदार दलका प्रमुख प्रचण्डसँग सल्लाह लिएका थिए । प्रचण्डले पनि दुई देशबीचको विवादमा नपर्न आग्रह गरेका छन् । आजको औपचारिक भेटमा पनि दोक्लम विवाद बारे छलफल भएको थियो । र भारत उक्त विवादमा नेपालले आफुलाई समर्थन गर्नु पर्ने भन्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...