मोदीले प्रश्न गरेपछी देउवा आत्तिए,हतारिदै प्रचण्ड संग किन गरे २५ मिनेट टेलिफोन वार्ता



पाँच दिने भारत भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर भारतीय समकक्षी मोदीका कारण संकटमा फसेका छन् । बुधवार देउवा दिल्ली पुगेको २ घण्टाभित्र भ्रमणलाई लिएर चीनको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरेको थियो । बेइजिङले पत्रकार सम्मेलन गरेको तीन घण्टापछि भारतीय समकक्षी मोदीले आकस्मिक उनलाई आफ्नो निवासमा बोलाएका थिए । मोदीको निवासमा निस्के लगतै उनले सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेपालमा टेलिफोन गरेका थिए । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षज्यूसँग २५ मिनेट कुरा भयो’ प्रचण्ड निकट स्रोतले भन्यो ‘दोक्लम विवादमा भारतले देउवालाई तान्न खोजिरहेको छ । तर विवादमा नपर्ने अध्यक्षज्युले सल्लाह दिनुभयो ।’ बुधवार देउवा र मोदी भेट्ने कार्यक्रम थिएन । तर बेइजिङले पत्रकार सम्मेलन गरेपछि कार्यक्रम परिवर्तन गरेर मोदीले अनौपचारिक भेटघाटको कार्यक्रम तय गरेका थिए ।

प्रचण्ड निकट स्रोतका अनुसार दुई देशका प्रधानमन्त्रीले जारी गर्ने संयुक्त बिज्ञप्तीमा दोक्लमको बिषय पनि प्रवेश गराउन भारतीय प्रधानमन्त्रीले खोजेका छन् । दोक्लम विवादमा मौन बस्न प्रधानमन्त्री देउवालाई नेपालका राजनीतिक दलले सुझाव दिएका थिए । संयुक्त बिज्ञप्तीमा दोक्लम विवादले प्रवेश पाए देशभर देउवाको विरोध हुने निश्चित छ । देउवाको आसन्न भारत भ्रमणभन्दा पहिले चीनका उपराष्ट्रपतिले नेपाल भ्रमण गरेका थिए । नेपाललाई दोक्लम विवादमा तान्न सक्ने आशंका पाएपछि चिनिया उपप्रधानमन्त्रीले यस्तो अवस्थामा भारत नजान देउवालाई सुझाव दिएको परराष्ट्रमन्त्रालय स्रोतले बताएको छ ।

मोदीको प्रस्तावपछि झस्किएका देउवाले सत्तासाझेदार दलका प्रमुख प्रचण्डसँग सल्लाह लिएका थिए । प्रचण्डले पनि दुई देशबीचको विवादमा नपर्न आग्रह गरेका छन् । आजको औपचारिक भेटमा पनि दोक्लम विवाद बारे छलफल भएको थियो । र भारत उक्त विवादमा नेपालले आफुलाई समर्थन गर्नु पर्ने भन्दै आएको छ।

प्रकाशित मिति : ८ भाद्र २०७४, बिहिबार  १० : ०४  बजे

प्रतिक्रिया दिनुहोस
एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

७० लाख घुस माग्ने मन्त्री गुप्ताको जागीर चट्

    ७० लाख घुस मागेको अडिओ प्रकरणलाई लिएर संघीय मामिला तथा सामान्य

एमालेको बिधान महाधिवेशनमा विद्यालाई ढोका बन्द

    १४ असारमा पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको सक्रिय सदस्यता नवीकरण गरेको र

च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गरौँ : योगेश भट्टराई

    नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीमा एक अर्कालाई ललकार्ने काम बन्द