ओलीको गम्भीर प्रस्ताब नमानेका देउवाले,मोदीका सामुन्ने त्यो बिषयमा किन चुक्क बोलेनन्



हाम्रो इकोनोमि

भारत भ्रमण जानु एकअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रम शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा ओलीले भारत भ्रमणमा एउटा सन्धिमा जसरी पनि हस्ताक्षर गरेर आउन आग्रह गरे । प्रम देउवाले पनि हुन्छ भने । र, भोलिपल्ट भारत भ्रमणमा निस्किए ।

तर, दिल्लीमा आज प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तामा उक्त सम्झौता हुन सकेन् । भारतसँग हस्ताक्षर भएको ८ बुँदे समझदारी पत्रमा उक्त सन्धिबारे कुनै उल्लेख छैन् ।

 

ओलीले स्वयंम आफू प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा यो सन्धि गरेका थिएनन् । अब यहाँ प्रश्न उठ्छ कि ओलीले भारतसँग आफ्नो पार्टीको सम्बन्ध सुधार्न देउवालाई यो सन्धिमा हस्ताक्षर गर भनेका हुन कि देउवालाई अझै ‘भारतीय दलाल, लम्पसारवादी’ भनेर प्रचार गरी फाइदा लिन र नेपाली जनतासामू अझै राष्ट्रवादी बन्न भनेका हुन् ?

जे होस ओलीले जेसुकै प्रयोजनका लागि यो प्रस्ताव राखेपनि देउवाले अहिलेसम्म दिल्लीमा यो सन्धिमा हस्ताक्षर गरिसकेका छैन् । अझै भ्रमण तीन दिन बाँकी रहँदा सन्धिमा हस्ताक्षर गर्छन कि गर्दैनन् हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...