जब हिसिला यमी पार्टी एकताको प्रस्ताबको पोको बोकेर ओली निवास पुगिन….



हाम्रो इकोनोमि

नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् ।
एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी थिइन । एमालेको राजनीतिक लाइन र बाबुराम भट्टराईको आर्थिक नीतिलाई मुल सिद्धान्त बनाए पार्टी एकता गर्न तयार भएको बताएकी थिइन । स्रोतका अनुसार पछिल्लो समय एमालेले लिएको राष्ट्रबादी लाइन ठिक भएको र बाबुरामले उठाएको आर्थिक समृद्धिको सिद्धान्त एकठाउँमा भए देश समृद्ध हुने भन्दै पार्टी एकताको प्रस्ताव गरेकी थिइन ।
हिसिला तीनजना सहयोगीसँग बालकोट पुगेकी थिइन । तर बालकोट जाँदा उनले नयाँ शक्तिका संयोजक तथा पति डा. बाबुराम भट्टराईसँग कुनै सल्लाह नगरेको बाबुराम निकट स्रोतले बताएको छ । बाबुराम एमालेको नीतिप्रति सहमत छैनन् । उनले एमालेलेलाई कम्यूनिष्ट र समाजबादी दुवै पार्टी मान्न सक्दैनन् ।
बाबुराम भट्टराई संघिय समाजबादी फोरमसँग सहकार्य गरेर जाने तयारीमै छन् । देवेन्द्र पौडेल, बामदेव क्षेत्रीले पार्टी छोडेर माओवादी केन्द्रमा पुगेपनि उनी संघिय समाजबादी फोरमसँगै पार्टी एकता गर्ने पक्षमा छन् ।
हिसिलाले पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले कुनै पनि प्रतिक्रिया दिएनन् । उनले ‘छलफल गरौ कुरा मिल्यो भने भइहाल्छ नी’ भन्ने जवाफ मात्र दिएको ओली निकट स्रोतले बताएको एस काठमाडौँले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...