जब हिसिला यमी पार्टी एकताको प्रस्ताबको पोको बोकेर ओली निवास पुगिन….



नयाँ शक्ति नेपालका नेता कार्यकर्ताहरु हुल नै बाँधेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरिरहेका बेला संयोजक बाबुराम भट्टराई पत्नी हिसिला यमी भने एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेकी छिन् ।
एमाले अध्यक्ष ओलीसँग यामीले पार्टी एकताको प्रस्ताव गरेकी थिइन । एमालेको राजनीतिक लाइन र बाबुराम भट्टराईको आर्थिक नीतिलाई मुल सिद्धान्त बनाए पार्टी एकता गर्न तयार भएको बताएकी थिइन । स्रोतका अनुसार पछिल्लो समय एमालेले लिएको राष्ट्रबादी लाइन ठिक भएको र बाबुरामले उठाएको आर्थिक समृद्धिको सिद्धान्त एकठाउँमा भए देश समृद्ध हुने भन्दै पार्टी एकताको प्रस्ताव गरेकी थिइन ।
हिसिला तीनजना सहयोगीसँग बालकोट पुगेकी थिइन । तर बालकोट जाँदा उनले नयाँ शक्तिका संयोजक तथा पति डा. बाबुराम भट्टराईसँग कुनै सल्लाह नगरेको बाबुराम निकट स्रोतले बताएको छ । बाबुराम एमालेको नीतिप्रति सहमत छैनन् । उनले एमालेलेलाई कम्यूनिष्ट र समाजबादी दुवै पार्टी मान्न सक्दैनन् ।
बाबुराम भट्टराई संघिय समाजबादी फोरमसँग सहकार्य गरेर जाने तयारीमै छन् । देवेन्द्र पौडेल, बामदेव क्षेत्रीले पार्टी छोडेर माओवादी केन्द्रमा पुगेपनि उनी संघिय समाजबादी फोरमसँगै पार्टी एकता गर्ने पक्षमा छन् ।
हिसिलाले पार्टी एकताको प्रस्ताव गरेपछि ओलीले कुनै पनि प्रतिक्रिया दिएनन् । उनले ‘छलफल गरौ कुरा मिल्यो भने भइहाल्छ नी’ भन्ने जवाफ मात्र दिएको ओली निकट स्रोतले बताएको एस काठमाडौँले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो

६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल हुन्छ : अर्थमन्त्री

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले आफूले ल्याएको बजेट यथार्थपरक रहेको बताएका

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई

रास्वपा र राप्रपाले आजपनि गरे संसद बहिष्कार

    सरकारले अध्यागमन र भिजिट भिसा प्रकरणमा छानबिन गर्न गठन गरेको समितिलाई