नाम जस्तै श्रृजनशील सिर्जना



हाम्रो इकोनोमि

फूलको सौन्दर्यता अनि सङ्गीतको माधुर्यता यो दुई सङ्गम बाट कोहि टाढीन सक्दैन ।सङ्गीतको न त भाषा न त क्षेत्र वा परिधी हुन्छ मात्र सङ्गीतमा भाका हुन्छ ।

त्यही सङ्गीतको मीठो भाकामा डोर्याउदै जुराएको नाम हो नेपाली साङ्गीतमा थपिएको अर्को नाम हो सृजना गुरुङ । पुर्वी नेपालको सुन्दर भूमि पुर्ख्यौली घर ईलाम बाट बसाइ सरि नेपाली सङ्गीतको खानी दार्जेलिङमा बसोबास गरेका गुरुङ सानै देखि सङ्गीतको परिवेशमा हुर्केका हुन ।गीत सङ्गीतको माहोलमा औपचारिक नभएता पनि अनौपचारिक व्यावहारिक सङ्गीतको ज्ञान सगै धेरै अग्रज गायक गायिकाको प्रेरणाले पुरान गीत गाउदै सानै देखि सङ्गीतमा प्रबेश गरेका हुन ।

पछिल्लो समयमा आफुलाइ सङ्गीतमा बुझ्न सक्ने क्षमता भए पछि सृजना सन २०१२ मा कर्म गर्दै भविष्य खोज्न काठ्मान्डौ आएकी हुन ।त्यही बखत ज्ञान मिडियामा आबद्ध भई सङ्गीत सृजनामा निरन्तर लागि परिकन त्यही बाट सुरु भयो नेपाली गीत सङ्गीतको स्ट्रगल सिर्जना गुरुङको ।उनीमा लामो समय देखिको सङ्गीतको ज्ञान र १ दर्जन जति फुट्कर गीतहरु गाइसकेका भए पनि एकल एल्वम निकाल्न आट गरेका थिएनन किन कि एल्वम निकालेर मात्र गायिका भईन्दैन म चाहन्छु नेपाली गीत सङ्गीतमा गुणस्तरिय गीत सङ्गीत चाहिएको छ ।

बिस्तारै अग्रज सङ्गीतमा दखल भएका व्यक्तीहरुको प्रतिकृया बजारमा चलेका स्वारहरु भन्दा सृजनामा भिन्नै किसिमको आवाज छ सुझव पाए पछि एल्वमको बारे सोचेको हु । जुन सुकै कुराको पनि समय आउँछ त्यही भएर होला ुमेरो एल्वमु सार्बजानिक हुने समय अहिले जुरेको छ । एल्वममा जम्मा ७ वटा गीत समाबेस छन । खुशी छ यो मन , फरिया र गुन्यू चोली , न रुन समय पाँए ,बैस मेरो फुलेका ,किन दुख मान्छौ, राजकुमार जिन्दगीको , तिम्रो कोमल आखाको सागर … गीत समाबेस छन । शब्द बरिष्ठ गीतकार अ्म्बिका गुरुङ , अरुण तिवारी लगायतका गीत सुन्न पाइन्छ । सङ्गीतमा प्रमोद परियार,रोशन वालुवा,विक्रम थापा,बि।पि। वाग्ले,र चर्चित सङ्गीतकार महेश ज्ञवाली ९मालिक० को पनि सुन्न पाईन्छ। रेकर्डिष्ट र मिक्सिङ्मा साजन शाह र विजय श्रेष्ठ (रेवेल) लगाएत धेरै ध्वानी मिश्रहरुको मिहनत पाईन्छ ।

मेरो एल्वमु एल्वममा पृथक शैलीमा विभिन्न गीतहरु समेटिएको छ ।सो एल्वमको ुखुशी छ यो मनु वोल गीतको भिडियो समेत सर्बजानिक गरिएको छ । उक्त भिडियोमा अभिनय गायिका सृजना गुरुङ स्वयमको हेर्न पाइने छ। उत्सव दाहालले खिचेका हुन भने भिडियोलाई निर्देशन युवराज वाइवाले गरेका हुन । सो एल्वमलाई ज्ञान मिडियाले बजार व्यवस्थापन गरेको छ।

 

प्रतिक्रिया दिनुहोस
४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...

गणतन्त्र दिवसमा पनि प्रधानमन्त्रीले सम्बोधन नगर्ने

    आगामी जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा हुने समारोहमा प्रधानमन्त्री बालेन्द्र...

एकता कायम गर्दै सकियो एमाले सचिवालय बैठक

    एकताको सन्देश प्रवाह गर्दै नेकपा (एमाले) को सचिवालय बैठक सकिएको छ...

भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...