सम्पती विवादले लियो ज्यान,दाजुले भाईलाई निर्मम ढंगले यसरी मारे



सम्पतिको विवाद हुँदा काठमाडौंको झोँछेमा दाजुले भाइको हत्या गरेका छन्। हिजो दिउँसो करिव २ बजे ५२ वर्षीय राजीव मानन्धरले ४६ वर्षीय भाइ गौतमको हत्या गरेका हुन्।

घटना बुधवार दिउँसो भएपनि प्रहरी र परिवारले राति १० बजेमात्र खबर पाएको महानगरीय जनसेवा बृत्तका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए। हत्या गरी फरार भएका दाजु राजीवलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ।

भाइ गौतम दुर्व्यसनी भएको र घरमा पटक पटक सम्पतिको विषयमा झगडा गर्ने गरेको राजीवले बताए। त्यसैले आवेगमा आएर भाइको हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।
भाइ मारेको भन्दै फोन
दाजुले आफ्नै घरमा कफी पसल चलाउँदै आएका थिए। भाइ गौतम पनि ज्ञानेश्वरमा क्युरियम पसल चलाउँथे। बुधवार दिउँसो खाना खान दुवै जना घर पुगेका थिए। घरमा दुवैको सम्पतिको विषयमा झगडा सुरु भयो। झगडाकै क्रममा कोठामा रहेको हम्मरले हानी दाजुले भाइको हत्या गरे। हत्या गरेर ढोका बन्द गरी दाइ फरार भएका थिए। डिएसपी आचार्यले भने, ‘दाजुभाइको कोठामा परिवारका कोही नपस्ने र खाना पनि कोठा बाहिर कुर्सीमा राखेर खाने भएकाले घटना गुप्त रहन पुग्यो।’

घटना भएको केही समयपछि राजीवले नै एक छिमेकीलाई फोन गरेर भाइको हत्या गरेको खबर गरेका थिए। छिमेकीले प्रहरीलाई फोन गरेर घटनास्थल पुग्दा हत्या भएको पाइएको थियो।थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम