सम्पती विवादले लियो ज्यान,दाजुले भाईलाई निर्मम ढंगले यसरी मारे



हाम्रो इकोनोमि

सम्पतिको विवाद हुँदा काठमाडौंको झोँछेमा दाजुले भाइको हत्या गरेका छन्। हिजो दिउँसो करिव २ बजे ५२ वर्षीय राजीव मानन्धरले ४६ वर्षीय भाइ गौतमको हत्या गरेका हुन्।

घटना बुधवार दिउँसो भएपनि प्रहरी र परिवारले राति १० बजेमात्र खबर पाएको महानगरीय जनसेवा बृत्तका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले बताए। हत्या गरी फरार भएका दाजु राजीवलाई प्रहरीले राति नै नियन्त्रणमा लिएको छ।

भाइ गौतम दुर्व्यसनी भएको र घरमा पटक पटक सम्पतिको विषयमा झगडा गर्ने गरेको राजीवले बताए। त्यसैले आवेगमा आएर भाइको हत्या गरेको उनले प्रहरीलाई बयान दिएका छन् ।
भाइ मारेको भन्दै फोन
दाजुले आफ्नै घरमा कफी पसल चलाउँदै आएका थिए। भाइ गौतम पनि ज्ञानेश्वरमा क्युरियम पसल चलाउँथे। बुधवार दिउँसो खाना खान दुवै जना घर पुगेका थिए। घरमा दुवैको सम्पतिको विषयमा झगडा सुरु भयो। झगडाकै क्रममा कोठामा रहेको हम्मरले हानी दाजुले भाइको हत्या गरे। हत्या गरेर ढोका बन्द गरी दाइ फरार भएका थिए। डिएसपी आचार्यले भने, ‘दाजुभाइको कोठामा परिवारका कोही नपस्ने र खाना पनि कोठा बाहिर कुर्सीमा राखेर खाने भएकाले घटना गुप्त रहन पुग्यो।’

घटना भएको केही समयपछि राजीवले नै एक छिमेकीलाई फोन गरेर भाइको हत्या गरेको खबर गरेका थिए। छिमेकीले प्रहरीलाई फोन गरेर घटनास्थल पुग्दा हत्या भएको पाइएको थियो।थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
गणेशको हत्याको जिम्मेवार बालेन सरकार हो : ऐन महर

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सदनमै सरकारविरुद्ध मुर्दावादको नारा लगाएका...

बालेन सरकारबिरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

    बालेन तिम्रो झिकै झिकै माया गणेशको आत्मदाह थियो’ भन्दै माइतीघर मण्डलामा...

८८ प्रतिशत एमाले नेतृत्व परिवर्तनको पक्षमा

     नेकपा (एमाले) भित्र नीति, नेतृत्व र संगठनात्मक संरचनामा आमूल परिवर्तनको माग...

नेपाललाई चीन विरोधी अखडा बनाउन खोजेकोप्रति एमालेको आपत्ति

    नेकपा एमालेले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन अनुमति दिएकोप्रति आपत्ति...