नेपाल र भारतका प्रधानमन्त्रीबीचको वान टु वान कुराकानी सकियो,अब के-के हुदैछ?



भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बन टु वान कुराकानी भएको छ ।
नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भएको छलफलमा नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा छलफल भएको बताईएको छ । तर केके मा सहमती भयो त्यो भने प्रस्ट भईसकेको छैन।
द्धिपक्षीय छलफलपछि दुबै मुलुकका परराष्ट्रमन्त्रीसहित डेलिगेसन टोलीहरुको संयूक्त बैठक सुरु भएको छ । यही छलफलले द्धिपक्षी समझदारी तय गर्ने छ । अहिले देउवा र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भई रहेको छ ।

त्यस पछी १ः१० मा देउवा र मोदीले पत्रकारहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । दुई देशबीच सम्झौतामा हस्ताक्षर हुनेछ, भारतबाट बिजुली आयात भएको घोषणा पनि हुनेछ । २ः४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः३५ मा अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्रीलाई भेट्नेछन् । त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् । साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहले भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

    नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा फर्जी मत खसेको ललिपुरको पाटन संयुक्त क्याम्पसमा