देउवाले सीमाका बाँधबारे कुरा राख्दा सुष्मा स्वराजले दिइन यस्तो जवाफ



हाम्रो इकोनोमि

पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी छिन् ।
भेटमा देउवाले स्वराजसँग सीमाका बाँधका कारण नेपालमा धनजनको क्षति भएको भन्दै त्यसको समाधानको प्रस्ताव राखेका छन् ।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले डुबान समस्या, पञ्चेश्वर आयोजन, भारतसँग भएको व्यापार घाटा कम गर्ने, नेपालमा उत्पादित कृषिजन्य वस्तुलाई सहज रुपमा भारतमा प्रवेश गराउने बारेमा प्रधानमन्त्री देउवाले सुष्मासँग छलफल गरेको जानकारी दिए ।

‘प्रधानमन्त्रीले भारतीय सीमा नजिक बाँधिएका ड्याम र व्यारेजका कारण नेपालमा धनजनको क्षति भएकोले यसलाई तुरुन्तै समाधान गर्न प्रस्ताव गर्नुभयो । महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजना लागू गर्न उहाँले जोड दिनुभयो,’ सल्लाहकार भट्टराईले भने, ‘स्वराजले एकदमै सकारात्मक रुपमा लिएर समस्या हल गर्ने जनाउनु भएको छ ।’

राष्ट्रपति भवनमा पुगेर स्वराजले देउवासँग आधा घण्टा भेटवार्ता गरेकी हुन् काठमाडौँ टुडेले उल्लेख गरेको छ ।
परराष्ट्र सचिव शंखरदास वैरागीले अत्यन्तै राम्रो वातावरणमा प्रधानमन्त्री देउवा र स्वराजबीच आर्थिक विकाससम्बन्धी छलफल भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
धारिलो हतियार प्रहारबाट एक युवकको हत्या

    काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक...

खोलाले बगाएर जाजरकोटमा दुई जना बेपत्ता

    जाजरकोटको जुनीचाँदे गाउँपालिका–६ मा बाढीमा परी दुई जना बेपत्ता भएका छन्...

ललितपुरको हात्तिवनमा चल्यो डोजर

    काठमाडौं उपत्यका बिकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमित गरि बनाएका संरचनामा...

महाधिवेशन रोक्न माग गर्दै देउवा समूह अदालत जाने

    नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग...