जोन्सन बेबी पाउडर प्रयोगले डिम्बाशयको क्यान्सर भएको पुष्टि, पीडितलाई ४२ अर्ब क्षतीपूर्ति भर्न अमेरिकी अदालतले दियो यस्तो आदेश



अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनद्धारा उत्पादित बेबी पाउडर लगातार प्रयोगबाट एक महिलाको डिम्बासय क्यान्सर भएको पुष्टि भए पछि पाउडर प्रयोगकर्ता लाखौँ मानिसमा त्रास उत्पन्न भएको छ । मंगलबार र बुधबार अन्तराष्ट्रिय सञ्चार माध्यमले प्राथमिकताकासाथ प्रकाशन/प्रशारण गरेको यो घटना अमेरिकाको क्यालिफोर्निया राज्यको हो ।

क्यालिफोर्नियाकी ६३ वर्षीया इभा इचेभर्रियाले ११ वर्षको उमेरदेखि उक्त कम्पनीको बेबी पाउडर प्रयोग गर्दै आईरहेकी थिईन । सोही पाउडरको प्रयोगबाट उनलाई डिम्बाशयको क्यान्सर भएको भन्दै सोमबार लसएन्जेलसको एक अदालतले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर क्षतिपूर्ति पीडित महिलालाई तिर्न आदेश दिएको छ । अहिलेसम्मकै सबैभन्दा ठूलो क्षतीपूर्ति भनि दाबी गरिएको यो रकम ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार नेपाली रुपैयाँ हो ।

बेबी पाउडर प्रयोग गर्दा डिम्बाशयको क्यान्सर भएको दाबी सहित इचेभर्रियाले दायर गरेको मुद्दाको सुनुवाइ गर्दै सोमबार न्यायाधीशको इजलासले उपचाररत उनलाई उक्त रकम दिन आदेश गरेको हो ।

जोन्सन बेबी पाउडरले इभा इचेभर्रियालाई कसरी क्यान्सर भयो
एजेन्सीहरुका अनुसार तिघ्राको काछ वरपर सुख्खा र स्वच्छ बनाई राख्नका लागि इचेभर्रियाले नियमित रूपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्दै आएकी थिईन । सन् १९५० को दशकदेखि २०१६ सम्म लागातार उक्त पाउडर प्रयोग गरेकी इभामा सन् २००७ मा डिम्बाशयको क्यान्सर भएको पुष्टि भएको थियो । त्यसयता क्यान्सरसंग जुध्दै गरेकी उनी कम्पनी बिरुद्धको मुद्धा पनि लडिरहेकी थिईन ।

जोन्सन एन्ड जोन्सन कम्पनीको पाउडर बिरुद्ध अमेरिकामा लगातार मुद्धा
सन् २०१७ को मे महिनामा मिसौरी राज्यस्थित एक अदालतका न्यायाधीशहरूको बेन्चले भर्जिनियाकी एक महिलालाई ११ करोड अमेरिकी डलरको क्षतिपूर्ति जोन्सन एन्ड जोन्सन कम्पनीबाट भराएको थियो । त्यस्तै सन् २०१६ मा पनि मिसौरी अदालतले साढे ५ करोड र ७ करोड २० लाख अमेरिकी डलरको क्षतिपूर्ति तिर्न कम्पनीलाई आदेश दिएको थियो । ७ करोड २० लाख क्षतिपूर्ति पाउने महिलाको अदालतको फैसला नआउँदै मृत्यु भइसकेको अन्राष्ट्रिय एजेन्सीहरुले लेखेका छन ।

सन् २०१७ को मार्चमा सेन्ट लोउसस्थित अदालतका न्यायाधीशले जोन्सन एन्ड जोन्सन विरुद्ध एक महिलाले दायर गर्न खोजेको मुद्दा अस्वीकार गरेको अमेरिकी सञ्चार माध्यमले लेखेका छन । अमेरिकामा अधिकासं महिलाहरू तिघ्राको काछ वरपर, स्यानिटरी प्याड या हाल्फ पाईन्टलाई सुकाउन तथा ताजा बनाइराख्न उक्त कम्पनीको बेबी पाउडरको प्रयोग गर्दछन् ।

कम्पनीद्धारा बचाउ प्रयास तर अध्ययनले क्यान्सर पुष्टि

अमेरिकाका विभिन्न अदालतमा जोन्सन एन्ड जोन्सन कम्पनीविरुद्ध शृंखलाबद्ध मुद्धाहरु दर्ता भई राखेका छन । इभा इचेभर्रिया अहिलेसम्मकै सबैभन्दा ठूलो रकम क्षतिपूर्तिबापत पाउने पीडित ठहरीएकी छिन । तर यो फैसला बिरुद्ध कम्पनीले माथिल्लो अदालतमा अपील गर्ने जनाएको छ । कम्पनीका कानुन व्यवसायीले अमेरिकी खाद्य तथा औषधि विभागसहित विभिन्न वैज्ञानिक अनुसन्धानले जोन्सन एन्ड जोन्सनको उत्पादनमा खराबी नभएको पत्ता लागेको दाबी गरेका छन ।

तर पाउडर प्रयोग गर्ने ७८ हजार ६ सय ३० सहित १ लाख २१ हजार महिलामाथि सन् २०००मा हावार्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनमा ३ सय ७ जनामा डिम्बाशयको क्यान्सर भेटिएको पुष्टि भएको थियो । तीनै मध्येकी एक इभा इचेभर्रिया पनि एक हुन । तर कम्पनीले गरेको दाबीमा भनिएको छ ‘अनुसन्धाकर्मीले आफ्नो समग्र रिपोर्टमा पाउडर प्रयोग गर्दा इपिथियल ओभरी क्यान्सर नपाएको बताएको थियो ।’
सन् १९७१ मा पाउडरको कणहरूमा ओभरी र सर्भाकल ट्युमर हुने अमेरिकी वैज्ञानिकले पत्ता लगाएका थिए । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस
दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न मन्त्री पौडेलको निर्देशन

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालहरुको सेवा प्रभावकारी बनाउन ९ बुँदे

सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं : प्रदीप पौडेल

    नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा

जंगली च्याउ खाँदा ३ जनाको मृत्यु, १६ बिरामी

    जङ्गली च्याउ खाँदा मकवानपुरमा ३ जनाको मृत्यु भएको छ भने १६

ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३० प्रतिशतसम्म छुट

    ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको