देउवाका मन्त्री भन्छन-भारत बिरुद्द नारा जुलुश गर्नु हुदैन सधै सम्बन्ध सुमधुर राख्नु पर्छ



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका एक सदस्य हुन् वाणिज्य मन्त्री मिन विश्वकर्मा । मन्त्री विश्वकर्मासँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विशेषता केके छन् ?
भारत हाम्रो मित्रराष्ट्र मात्र नभै छिमेकी मित्रराष्ट्र हो । यो भ्रमण दुई देशबिचको सम्बन्ध थप मजबुत बनाउनका लागि गरिएको राजकीय र औपचारिक भ्रमण हो । दुई देशबिचको समझदारी विकास गर्नका लागि यो भ्रमणले महत्वपूर्ण भूमिका खल्नेछ ।

भारतले बनाएका डुबानका कारण नेपाली भुमी डुबानमा परेको छ । यस विषयमा छलफल हुन्छ ?
डुबानका विषयमा भारत पूर्ण जानकार छ । डुबान पीडित नेपाली जनताका लागि भारत सरकारले सहयोगको प्रतिबद्धता जनाइसकेको छ । यसपटकको भेटवार्तामा पनि कुटनीतिक वार्ता हुने छ । दुवै पक्षले समाधानको उपाय खोज्ने विषयमा छलफल गर्नेछन् ।

छलफलमा केके विषय प्राथमिकतामा पर्छन् ?
दुई पक्षीय भेटमा नेपाल–भारतबिचमा सरोकार राख्ने इतिहासदेखिका सबै विषय उठान हुन्छन् भन्ने छैन । अहिले देखिएका पछिल्ला समस्यालाई प्राथमिकतामा राखिएको छ । भारतले बनाएको गैरकानुनी बाँधका कारणले मात्रै मधेश डुबेको भन्ने हल्ला फिजाइएको छ । नेपालमा आकस्मिक रुपमा परेको अति वर्षाका कारणले र देशभित्रकै केही भौतिक संरचनाका कारणले डुबानको परिणाम ज्यादा देखिएको हो । तर त्यसमा भारतीय पक्षबाट बनाइएका केही बाँधका कारणले पनि डुबान परेको छ । यस विषयमा पनि देउवा र मोदीबिचको भेटवार्तामा कुरा हुन सक्छन् ।

कोशी बाँधले निम्त्याएको समस्या दीर्घकालिन रुपमा समाधान हुनुपर्छ भन्ने सबैको भनाई छ । तपाईहरुको ध्यान त्यतातिर नगएको हो ?
हाम्रो ध्यान प्रशस्त मात्रामा गएको छ । तर भारत स्थायी छिमेकी राष्ट्र हो । हामी छिमेकी बदल्न सक्दैनौँ । बदल्न नसकिने छिमेकीसँगको सम्बन्ध सधैँ सुमधुर राख्नुपर्छ । नारा जुलुस गरेर वा गाली गलौज गरेर र एक अर्कालाई दोष देखाएर केही हुँदैन । त्यसैले यस्ता विषयमा सौहार्द तरिकाले कुरा उठान हुनेछ । कुटनीतिक ढंगबाट नै समाधान खोजिनेछ ।

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद्को बैठक आज दिउँसो ४ बजे

  आज दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले...

कति पुग्यो आज अमेरिकी डलरको भाउ?

  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।  राष्ट्र...

असारसम्मलाई जग्गाको कित्ताकाट खुल्यो

  सरकारले  नियमावली २०७९ मा तेस्रो पटक संशोधन गर्दै जग्गाको कित्ताकाट खुलाएको छ। ...

नेपाली खानालाई प्रवधन गर्न बानाले सडक फुड फेस्टिबल २०२५’ आयोजना गर्दै

बाल्टिमोर । बाल्टिमोर एशोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले नेपाली खानालाई प्रवर्धन...