माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण



काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी ÷पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण गर्नुभएको नेकपा ९माओवादी केन्द्र० संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।

दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा सो दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरु हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
अरनिको बसपार्क नभत्काउन उच्च अदालतको आदेश

  उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–३२ स्थित जडीबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको

सरकार र शिक्षकबीच पाँचबुँदे सहमति

  सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ ।

चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारको निर्देशन

  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सकमाथि कुटपिट गर्नेलाई कारबाही गर्न सरकारलाई

मतदान अझै शुरु हुन सकेन

  आठ गते अधिवेशन उदघाटन भोलिपल्ट नौ गते प्रज्ञाभवनमा नेतृत्व चयन प्रक्रिया अगाढि