माओवादी केन्द्रद्वारा रकम हस्तान्तरण



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो दलका सांसदहरुको एक महिनाको पारिश्रमिक बाढी ÷पहिरोपीडितका लागि प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई आज प्रम निवास बालुवाटारमा केन्द्रका अध्यक्ष एवं पूर्वप्रम पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रु ३४ लाख ९९ हजार २६० हस्तान्तरण गर्नुभएको नेकपा ९माओवादी केन्द्र० संसदीय दलका प्रमुख सचेतक रेखा शर्माले जानकारी दिनुभयो ।

दलका तर्फबाट मन्त्रिमण्डलमा सहभागी उप्रधानमन्त्री तथा मन्त्रीहरुको पनि मन्त्रिपरिषद्को निर्णयअनुसार एक महिनाको पारिश्रमिक कोषमा जम्मा गरिने उहाँले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा सो दलका उपनेता टोपबहादुर रायमाझी, प्रमुख सचेतक शर्मा, सचेतक सीता नेपाली तथा नेताहरु हरिवोल गजुरेल, अग्नी सापकोटा र शक्तिबहादुर बस्नेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

पराजित र असन्तुष्टलाई पनि समेट्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र...