नेपालका कम्युनिष्ट उत्तरकोरिया संगै रहेको सन्देश दिन चीनले खेल्यो खेल,नेपाल र मैनाली कोरिया जानुको यसरी खुल्यो रहस्य



केहि हप्ता अघी मात्र उत्तर कोरिया भ्रमणमा गएका नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधामन्त्री माधवकुमार नेपालको भ्रमण लाइ लियर अनेक टिप्पणी भए । उक्त भ्रमणमा नेपाल मात्र नभई मालेका महासचिब तथा पूर्व उप प्रधानमन्त्री सीपी मैनाली उनकी पत्नी तथा पूर्व मंत्री निलम केसी पनि थिइन।

उत्तर कोरियाले अमेरिका, दक्षिण कोरिया र जापानमाथि धावा बोलिरहेका बेला संयुक्त राष्ट्रसंघको एक सदस्य मुलुक नेपालका पूर्वप्रधानमन्त्रीको उत्तर कोरिया भ्रमण विवादास्पद बनेको हो ।

नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिज्ञले परराष्ट्र मन्त्रालयमार्फत भ्रमण समयानुकूल नभएको भन्दै नेता नेपाललाई उत्तर कोरिया भ्रमण रद्द गर्न आग्रह गरेका थिए । जवाफमा नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै पूर्वनिर्धारित कार्यक्रम भन्दै भ्रमण रद्द नगरी परराष्ट्र मन्त्रालय, पश्चिमा मुलुकका कूटनीतिको असन्तुष्टिका बाबजुद नेता नेपाल साउन २७ गते उत्तर कोरिया गएरै छाडे । त्यसको अघिल्लो दिन मैनाली पत्नी त्यस तर्फ प्रस्थान गरेका थिए। हुन त त्यहाँ प्रचण्ड लाइ पनि लैजाने कार्यक्रम थियो।प्रचण्ड जान मानेनन् र हरिबोल गजुरेललाई पठाए।

विश्वका प्रभावशाली नेताहरूको उपस्थिति रहेको ‘इन्टरनेसनल फेस्टिभल इन प्रेज अफ ग्रेटपर्सन्स अफ माउन्ट पिकेटु’ नामक कार्यक्रममा सहभागी हुन नेता नेपाल सांसदसहितको नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उत्तर कोरियाको राजधानी प्योङयाङ गएका थिए ।
एक साता प्योङयाङमा विताएका उनले उत्तर कारियाली सर्वाेच्च नेता किम जोंग उनलाई पनि भेटेका थिए । भेटमा उनले अमेरिकासँगको आणविक विवाद युद्ध होइन शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान गर्न सुझाव समेत दिए ।

यसकारण गएका रहेछन् उत्तरकोरिया, चीनको पनि हात

नेताहरु विदेशीसँग घुडा टेकिरहेका बेला नेता नेपालले सबैलाई चुनौति दिँदै उत्तर कोरिया जाने वातावरण कसरी बन्यो भन्ने प्रश्न अहिले उठिरहेको छ ।
उच्च स्रोत उल्लेख गरेको नेपाल पानाकाअनुसार नेता नेपाल चिनियाँ चाँहनाअनुसार उत्तर कोरिया गएका हुन् । उत्तर कोरियामा आयोजित सम्मेलनमा नेपालबाट वरिष्ठ नेताको प्रतिनिधित्व हुनु नेपाल पनि अझै उत्तर कोरियाको साथमा छ भन्ने सन्देश दिन खोजिएको छ । यसका लागि चीनले जोडबल गरेको बताइन्छ । कुटनीतिज्ञका अनुसार चीन र उत्तर कोरियाबीच ठूलो व्यापार सम्बन्ध छ । तिब्बत अलग गराउन प्रयासरत अमेरिकालाई साइजमा ल्याउन उत्तर कोरियाको आणविक कार्यक्रममा चीनको मौन तर पूरा समर्थन रहेको बेला चीनकै जोडबलमा नेता नेपाल उत्तर कोरिया गएका हुन् ।

चीनसँग नजिकिन एमालेको प्रयास

पछिल्लो समय चीन एमाले भन्दा पनि नेकपा माओवादी केन्द्रसँग नजिकजस्तो देखिएको छ । भारतलाई चुनौति दिँदै प्रचण्डले चीनको वान रोड वान बेल्टमा हस्ताक्षर गरेको, सम्झौता कार्यान्वयनका लागि देखाएको सक्रियताले चीन माओवादीप्रति बढी सकारात्मक भएको देखिन्छ । त्यस्तै भर्खरै काठमाडौं आएका चिनियाँ उपप्रधानमन्त्रीले पहिलो भेट प्रचण्डसँग गरेका थिए । पछि मात्रै केपी ओलीलाई भेटेका थिए । यसले पनि के देखाउँछ भने चीन प्रचण्डसँग नजिकिएको छ । विश्लेषकहरुका अनुसार युरोपियन युनियन तथा पश्चिमा मुलुकहरुलाई एनजिओमार्फत एमालेले ह्याण्डिल गरिरहेका कारण पछिल्लो समय चीन एमालेप्रति संशकित छ । यस्तो बेला चीनसँग सम्बन्ध अझै मजबुद बनाउन र आफूप्रति शंका मेटाउन एमालेले पश्चिमा मुलुकको विरोध हुँदाहुँदै नेता माधवकुमार नेपाललाई चिनियाँ चाहनाअनुसार उत्तर कोरिया पठाएको स्रोतको दाबी छ । चीनले नेपालका कम्युनिष्ट उत्तर कोरिया संग नजिक रहेको संदेश विश्वलाइ दिएको छ ।

प्रतिक्रिया दिनुहोस
चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

ईःलाई भेट्न पुगिन् उपमेयर डंगोल

  काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका

देशको समस्या समाधान गर्ने अभिभारा एमालेको काँधमा छ : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको देशको समस्या समाधानको अभिभारा नेकपा

गिरिबन्धुको छानबिन गर्न प्रधानमन्त्री प्रचण्डलाई ओलीको चुनौती

      नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन प्रकरणमा छानबिन