जुवाडेको रकम विद्यार्थीलाई



हाम्रो इकोनोमि

मेलम्ची । इलाका प्रहरी कार्यालय, मेलम्चीले जुवाडेबाट सोमबार बरामद भएको रु २१ हजार २०५ नगद मंगलबार साँझ फरक क्षमता भएका अशक्त विद्यार्थीको पठनपाठनका लागि सहयोग गरेको छ ।

सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–४ मा जुवातास खेलिरहेको अवस्थामा नगदसहित पक्राउ परेका चारजना जुवाडेबाट उक्त रकम बरामद भएको प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो ।

इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्चीमा अध्ययनरत फरक क्षमता भएका १२ छात्रा र छ छात्रको पठनपाठनका लागि विद्यालयका लेखापाल महेन्द्र सापकोटा र विद्यालय व्यवस्थापन समितिका सदस्य लक्ष्मण गौतमलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

छात्राबासमा बस्दै आएका ती १८ विद्यार्थीको शिक्षाका लागि प्रहरीले वितरण गरेको रकमले निकै ठूलो राहत पुग्ने स्थानीय पत्रकार देवराज सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेका चारैजनालाई जुवातास नखेल्ने शर्र्तमा र खेलेको फेला परे कानूनबमोजिम कारबाही गरिने बताउँदै एकपटक सम्झाइबुझाइ छोडिएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...