ओली यसरी बने कमल थापा र नवराज सिलवालको वकिल



सर्वोच्च अदालतमा पशुपतिशमशेर राणाले दायर गरेको रिटका सम्बन्धमा भएको अन्तरिम आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै एमाले अध्यक्ष केपी ओलीले अदालतको स्वतन्‍त्र भूमिकाबारे प्रश्न उठाएका छन ।कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको सम्बन्धमा अदालतले राणालाई सहज हुने निर्णय गरेको थियो।

‘आम जनताले अदालतको निष्पक्ष भूमिका खोजेको, हेरेको र अपेक्षा गरेको हुन्छ,’ भन्दै उनले भने-‘यो कमसेकम नेपाली जनताले बुझ्ने गरी हुनुपर्‍यो नि, एउटा संस्थाले सार्वजनिक ढंगले सूचना गर्छ । अर्कोले फेरि सनाखत भइसक्यो फेरि किन गर्नु भन्छ’, उनले भने ।
‘मेरो आग्रह के छ भने लोकतन्त्र क्षणिक लाभका निम्ति मर्यादित संस्था दुरुपयोग गर्ने प्रणाली हैन’, ओ‌लीले भने, ‘लोकतन्त्रमा आधारभूत मूल्य मान्यतामा अडिनु पर्छ । शक्ति सन्तुलन र नियन्त्रण कायम हुनुपर्छ ।’

उनले डिआइजी नवराज सिलवालबारे पनि नाम नलिई संसदमा कुरा उठाए, ‘एउटा पुलिस अफिसरले चाकडी पुर्‍याएन भनेर सिङ्गो राज्य लाग्ने । दोस्रो हैन पहिलो वरियताको हो भनेर भनिसकेपछि ११ वटा (एआइजी) बढुवामा १२ औँ नम्बरमा पनि पर्दैन ।’
उनले पाएको हक पनि सरकारले मासिदिएको आरोप लगाउँदै भने, ‘मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो ।’ यो सरकार छानी छानी डण्डा बर्सौउदै छ भन्दै आक्रोश समेत पोखे।

प्रतिक्रिया दिनुहोस
संसदीय दल नेता फेर्ने रेशमको प्रयास असफल

    रेशम चौधरी पक्षले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लुम्बिनी प्रदेश संसदीय दलको

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

     प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक

बागमती प्रदेशमा एमालेका मन्त्रीहरु सपथको तयारीमा

    बागमती प्रदेशको पाचौं मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेसका बहादुर सिंह लामाले आज

बागमतीमा एमालेका ६ मन्त्रीको मन्त्रालय पनि टुंगियो

    नेकपा एमाले बागमती प्रदेश संसदीय दलले पार्टीबाट जाने ६ मन्त्रीको नाम